एमसीसी सम्झौता कार्यान्वयनमा १२ बुँदे व्याख्यात्मक टिप्पणी सम्बोधन नभए मोर्चा संघर्षमा उत्रन्छ : प्रधानमन्त्री
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार १६:५८:५६
१२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता कार्यान्वयनमा सदनबाट पास गर्दा गरिएको १२ बुँदे टिप्पणाी समावेश नगरिए सडक संघर्ष हुने बताएका छन् ।
समाजवादी मोर्चाले बुटवलमा मंगलबार रुपेन्देहीको बुटवलमा आयोजना गरेको सन्देश सभा सम्बोधन गर्दै सदनले राखेको टिप्पणीलाई सम्झौताको अंग बनाउनुको विकल्प नरहेको बताए । अंग नबनाइए सम्झौता कार्यान्वयन प्रक्रियामा जटिलता उत्पन्न हुने उनको भनाइ थियो ।
उनले यसबारे भोलि बुधबार नेपाल आउने एमसीसीका प्रतिनिधिसँग कुरा राख्ने बताए । गत फागुनमा संसदबाट पारित गरिएको एमसीसी परियोजना भोलि बुधबारबाट पूर्णरुपमा कार्यान्वनयमा जाँदैछ । औपाचारिक रुपमा कार्यान्वयनमा लैजान फाइलमा दुई पक्षीय हस्ताक्षरका लागि अर्थ मन्त्रालयले एक विशेष कार्यक्रम आयोजना गर्दैछ । सोही कार्यक्रममा सहभागी हुन एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड कतार हुँदै आज काठमाडाैं आइपुगेका छन् ।
सम्झौता नेपालको हितमा हुने गरी सदनबाट व्याख्यात्मक टिप्पणी भएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले यदि त्यसो नभए मोर्चा सडकमा जाने बताए । उनले आफू सधैं राष्ट्रिय हित, स्वाधिनता र सार्वभौमसत्ताको पक्षमा लडिरहेको र आगामी दिनमा पनि लड्ने बताए ।
मोर्चामा सम्मिलित चार घटकमध्ये नेकपाले एमसीसी सम्झौतालाई राष्ट्रघातीको संज्ञा दिँदै खारेजीका लागि संघर्ष गर्दै आइरहेको छ । नेपाली विशेषतासहितको समाजवादी व्यवस्था स्थापनाका लागि भन्दै केही महिनापहिले गठन भएको मोर्चामा नेकपा र सरकारमा रहेका दल माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी सामेल छन् । उसले सात वटौ प्रदेशमा सन्देश सभा गर्ने घोषणा गरेको छ । यसअघि पर्साको वीरगन्जमा सभा गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार