काठमाडौं उत्रिए एमसीसीका उपाध्यक्ष अलफोर्ड
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार १७:१६:१७
१२ भदौ, काठमाडौं । अमेरिकी विदेश मन्त्रीको नेतृत्वमा संचालित अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का उपाध्यक्ष क्यामरन एस अलफोर्ड आज काठमाडौं आइपुगेका छन् ।
नेपालसँग भएको सम्झौता कार्यान्वयनको औपचारिक घोषणा कार्यक्रममा सहभागी हुन उनी मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । अर्थ मन्त्रालयले भोलि बुधबार दिउँसो मन्त्रालयभित्र एक कार्यक्रम आयोजना गरेर सम्झौता कार्यान्वयनको फाइलमा दुई पक्षबीच हस्ताक्षर हुँदैछ ।
एमसीसीको कम्प्याक्ट अपरेसन विभाग प्रमुख समेत रहेका अलफोर्ड कतार हुँदै काठमाडौं उत्रिएका हुन् । सम्झौता कार्यान्वयनका लागि दरबार मार्गमा खडा गरिएको कार्यालय प्रमुख खडकबहादुर विष्टले भोलि भदौ १३ अर्थात अगष्ट ३० तारिखबाट सम्झौता औपचारिक रुपमा कार्यान्वयन हुने जनाएका छन् ।
नेकपा लगायत विभिन्न राजनीतिक दलहरूले सम्झौता राष्ट्रघाती भएको भन्दै खारेजीको माग गर्दै सडकमा विरोध कार्यक्रम चलाइरहेका छन् । विरोधका बाबजुद गएको फागुनमा संसदबाट सम्झौतालाई पारित गरेको थियो ।
यसै बीच प्रधानमन्त्री प्रचण्डले आजै मात्र एक सार्वजनिक कार्यक्रममा बोल्दै एमसीसी सम्झौता पारित गर्न सदनले गरेको १२ बुँदे व्याख्यात्मक टिप्पणी सम्बोधन नभए कार्यान्वयनमा जटिलता आउने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीमा संलग्नलाई जोगाउनु हुँदैन : संयोजक शाही
कात्तिक २३, २०८१ शुक्रबार
उदयपुरमा माओवादीले उम्मेदवारको नाम टुङ्गो लगायो
कात्तिक २३, २०८१ शुक्रबार
विमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्रीको आग्रह
कात्तिक २३, २०८१ शुक्रबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
कोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
सहकारी ठगीमा संलग्नलाई जोगाउनु हुँदैन : संयोजक शाही
कात्तिक २३, २०८१ शुक्रबार
पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
कात्तिक २३, २०८१ शुक्रबार
उदयपुरमा माओवादीले उम्मेदवारको नाम टुङ्गो लगायो
कात्तिक २३, २०८१ शुक्रबार
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप हुँदा ६ जना घाइते
कात्तिक २३, २०८१ शुक्रबार
धनगढीका सुरेशकुमार पोर्चुगलमा बेपत्ता, खोजी गरिदिन आग्रह
कात्तिक २३, २०८१ शुक्रबार
उपनिर्वाचनको लागि सशस्त्र र नेपाल प्रहरीमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन
कात्तिक २३, २०८१ शुक्रबार