एमसीसी सम्झौता कार्यान्वयनबारे माधव नेपालले भने- ‘देशभन्दा सत्ता प्यारो हुन सक्दैन’
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार १८:१२:५४
१२ भदौ, बुटवल । सरकारका घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौतामा सदनले गरेको १२ बुँदे व्याख्यात्मक टिप्पणी अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका छन् ।
समाजवादी मोर्चाका एक घटक समेत रहेका एकीकृत समाजवादी अध्यक्ष नेपालले आज बुटवलमा आयोजना गरेको सन्देश सभामा सम्बोधन गर्दै १२ बुँदे टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए त्यसबारे जनतालाई जानकारी दिनुपर्ने बताए ।
अमेरिकी अनुदान परियोजना (मिलिनियम च्यालेन्ज कर्पोरेसन) एमसीसीसँगको विकास सहयोग कार्यक्रमसम्बन्धी सम्झौता गत वर्ष यथास्थितिमा पास नहुने अवस्था आएपछि व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्नुपर्ने बाध्यता आफूहरुलाई आइलागेको उनले स्वीकारे । उनले सावैभौम संसदले गरेको उक्त टिप्पणी सम्झौताको अंग बन्नुपर्ने बताए ।
सम्झौता भोलि भदौ १३ गतेबाट औपचारिक रुपमा कार्यान्वयनमा जाने नेपालस्थित एमसीसीए नेपाल शाखाले जनाएको छ । कार्यान्वयनमा लैजाने क्रममा औपचारिक घोषणा कार्यक्रममा हस्ताक्षर गर्न एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार अपरान्ह काठमाडौं आइसकेका छन् । उनी बुधबार अर्थ मन्त्रालयमा आयोजना गरिने कार्यक्रममा सहभागी हुने शाखाले जनाएको छ ।
सम्झौता राष्ट्रघाती भएको भन्दै विभिन्न राजनीतिक दलहरुले चर्को विरोध गरेपछि तत्कालीन संसदमा रहेका दलहरुले व्याख्यात्मक टिप्पणी गरेर संसदबाट पारित गरेको थियो । तर उक्त टिप्प्णीलाई अमेरिकाले नसुनेझैं गर्दै आइरहेको छ । विकासको नाममा अमेरिका नेपालभित्र आफ्नो सैन्य अखडा तयार पार्ने आएको भन्दै खारेज हुनुपर्ने माग सहित प्रदर्शन भइरहेको छ ।
सम्झौता पारित गराउन सदनमा ताली बजाएका नेपाल, प्रधानमन्त्री प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले सम्झौताको कट्टर विरोधी नेकपाका महासचिव विप्लवसँग मिलेर केही समयपहिले मात्र चार पार्टी सम्मिलित समाजवादी मोर्चा गठन गरेका थिए ।
मोर्चाले आज आयोजना गरेको सभामा अध्यक्ष नेपालले संसदको व्याख्यात्मक टिप्प्णी अमेरिकाले नमानेको भए जनतालाई बताउ सभा मञ्चमा रहेका प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरे । आफूहरुले नेपालको हितविपरीतका कुनैपनि सर्त नमान्ने भनेर टिप्पणी गरेको उनले स्मरण गराए ।
उनले एमसीसी अमेरिकाको इन्डोप्यासिफिक स्ट्राटेजीको अंग हुन रहेमा अस्वीकार गर्ने बताए । कुनैपनि सम्झौता नेपालको कानुनभन्दा माथि हुन नसक्ने भन्दै त्यसैलाई मध्यनजर गरेर व्इाख्यात्म टिप्पणी गरिएको बताए । उनले आफूले भोलि भदौ १३ गतेदेखि सम्झौता कार्यान्वयन हुने कुरा सुनेको बताए । राष्ट्रियताको विषय अगाडि आउँदा देशभन्दा ठूलो सत्ता हुन नसक्ने भन्दै अध्यक्ष नेपालले सम्झौता गलत ढंगले कार्यान्वयन भएमा सत्ता छाड्न केहीबेर नलाग्ने बताए ।
सम्झौतामा सम्झौता कार्यान्वयन हुन नसकेको खण्डमा नेपालले क्षतिपूर्ति तिर्नुपर्ने, समस्या समाधानका लागि चालिने कानूनी प्रक्रिया नेपालको कानूनभन्दा सम्झौताका प्रावधान माथि हुने जस्ता प्रावधान समावेश छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेसको विभागमा १० सदस्य मनोनयन
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार