टिकटक बन्द गराउन माग गर्दै संचार मन्त्रीलाई निवेदन
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार १८:२९:५६
१२ भदौ, काठमाडाैं । सामाजिक संजाल टिकटक बन्द गराउन माग गर्दै संचार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएका छन् । नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेलले निवेदन दिएका हुन् ।
उनले मल्टिमिडिया मोबाइल एप टिकटक तत्काल बन्द गराउन माग गरेका छन् । टिकटक नेपालभित्र बिना अनुमति चलाइएको र यसबाट धार्मिक, जातीय तथा अनैतिक क्रियाकलापलाई समेत बढवा दिइरहेको भन्दै बन्द गर्नुपर्ने तर्क सारेका छन् ।
टिकटकको माध्यमबाट समाजमा छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लीलता, वेश्यावृत्ति र अपराधजन्य घटना वृद्धि भएको विवरण उनले मन्त्रीलाई सम्बोधन गरेर प्रेषित निवेदनमा उल्लेख छ । कानून बनाएर मात्र टिकटक चल्न दिनुपर्ने उनको भनाइ छ ।
नक्कली आईडी बनाएर असामाजिक किसिमका भिडियो पोष्ट गर्ने, टिकटक मार्फत गेम चलाएर पुरस्कार वितरण गर्ने तर राजश्व नतिर्ने अवस्थाले राज्यलाई नै चुनौति रहेको भन्दै त्यस्ता व्यक्तिहरुलाई तत्काल राजश्वको दायरामा ल्याउनुपर्ने बताइएको छ ।
बन्द नगरिए सामाजिक सदभावमा समेत खलल ल्याउने खतरा बढेको विषय मन्त्रीकाे सचिवालयमा दिइएकाे निवेदनमा औल्याइएकाे छ । संचार मन्त्री रेखाकुमारी शर्मा छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार