अफगानिस्तानमा मातृ मृत्यु दरले हरेक दिन २४ जना आमाको मृत्यु : डब्लुएचओ
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार २१:३३:६
१२ भदौ, काबुल । अफगानिस्तानमा रोकथाम गर्न सकिने मातृ मृत्यु दरका कारण दैनिक २४ जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन 'डब्लुएचओ' को अफगानिस्तान कार्यालयले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठन 'डब्लुएचओ' अफगानिस्तानले सोमबार सामाजिक सञ्जालमार्फत भनेको छ, “विश्व स्वास्थ्य सङ्गठन 'डब्लुएचओ' ले हालको आर्थिक सहायताअन्तर्गत रोकथाम गर्न सकिने मातृ मृत्यु दरका कारण हरेक दिन २४ जना आमाको मृत्यु हुने अनुमान गरेको छ ।”
डब्लुएचओ अफगानिस्तानको सामाजिक सञ्जाल एक्स 'ट्वीटर'सँग सम्बन्धित हालैको रिपोर्टमा सङ्गठनले मातृ मृत्युदरका कारण देशको स्वास्थ्य प्रणालीलाई कमजोर बनाउने चेतावनी दिएको छ ।
रिपोर्टमा खाद्य असुरक्षा र कुपोषणका कारण लाखौं मानिसको ज्यान खतरामा परेको र यसमा सङ्क्रामक रोग, प्रकोप र गम्भीर खडेरीले थप बढावा दिएको बताइएको छ ।
प्रतिवेदनअनुसार सन् २०२३ मा मानवीय सहायताको आवश्यकता पर्ने व्यक्तिको सङ्ख्या दुई करोड ८० लाखभन्दा बढी पुगेको छ, जुन दुई वर्षअघि एक करोड ८४ लाख थियो । स्वास्थ्य क्षेत्रमा हाल ७५ लाख बालबालिका र ३१ लाख महिला गरी एक करोड ४० लाख मानिस स्वास्थ्य सहायताका लागि लक्षित रहेको प्रतिवेदनमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
धरानमा शनिबारदेखि तीन दिनसम्म योमरी महोत्सव हुँदै
मंसिर २७, २०८१ बिहिबार
जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सञ्चालनमा आयो कमलादीमा भासिएको सडक
मंसिर २७, २०८१ बिहिबार
सन् २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने
मंसिर २७, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार