पत्रकारिता क्षेत्रको स्तरवृद्धिका लागि महानगर सँधै हातेमालो गर्न तयार : मेयर सिंह
आबिद हुसेन
भदौ १२, २०८० मंगलबार २२:४१:१५
१२ भदौ, वीरगञ्ज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पत्रकारिता क्षेत्रको स्तर वृद्धिका लागि महानगर सँधै हातेमालो गर्न तयार रहेको बताएका छन् ।
वीरगंजबाट प्रकाशित मध्य नेपाल सन्देस साप्ताहिक पत्रिकाको आठौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पत्रकारिता क्षेत्रमा कृयाशील रहेका महिला पत्रकारहरुको क्षमता बृद्धि तथा स्थायित्वका लागि महानगर मिलेर काम गर्न सँधै तयार रहेको बताएका हुन्।
‘महिला साथीहरुले संचालन गरेको पत्रिकाले सातौँ वर्ष पूरा गरि आठौँ वर्ष प्रवेश गरेकोमा शुभकामना दिदै उनले भने,’ महिला पत्रकार साथीहरुको क्षमता वृद्धिका लागि महानगर सँधै हातेमालो गरेर अघि बढ्न तयार छ ।’ उनले केही पत्रकार भनिएकाहरुलाई खराब प्रवृत्तिका कारण समग्र पत्रकारिता क्षेत्र नै बदनाम हुने अवस्था आएको भन्दै त्यसका लागि पत्रकारसँग सम्बद्ध संस्थाहरू नै जागरूक भएर शुद्धीकरण गर्न जरुरी रहेको पनि बताए ।
वार्षिकोत्सवका अवसरमा पत्रिकाले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । बाराकी पत्रकार महिला शारदा पोखरेललाई १० हजार रुपैयाँ सहित उत्कृष्ट महिला पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । यस्तै वरिष्ठ टेलिभिजन पत्रकार उपेन्द्र ठाकुर, युवा पत्रकार जियालाल साह पनि १०÷१० हजार पुरस्कारबाट सम्मानित भएका छन् ।
युवा चित्रकार अजमत अली, स्तम्भकार शुदर्शनराज पाण्डे, स्व.उमाशंकर द्विवेदी दधिचीलाई मरणोपरान्त सम्मान, पत्रिका वितरक सतेन्द्र वर्णवाललाई नगद ५ हजार सहित पुरस्कृत गरिएको छ । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, वरिष्ठ पत्रकार चन्द्र किशोर झा लगायतको सहभागिता रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार