६० किलो सुन तस्करीको अनुसन्धानमा एआईजीको कमाण्डमा विशेष व्यूरोका डीआईजी सहभागी
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार २२:४५:५५
१२ भदौ, काठमाडौं । राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान लागि काठमाडौं बाहिर रहेका अनुसन्धानमा पोख्त अधिकृतहरूलाई सहभागी गराइएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई कमाण्डर बनाएर काठमाडौं बाहिर रहेका अनुसन्धान अधिकृतलाई सहभागी गराइएको हो । साथै विशेष व्यूरोका डीआईजी रामदत्त जोशीलाई र उनको टीमलाई पनि सहभागी गराइएको छ ।
राजश्व अनुसन्धान विभागले ६० किलो सुन बरामद गरेर आफैँ अनुसन्धान सुरु गरेको थियो । तर गृहमन्त्री नारायणकाजी श्रेष्ठको जोडबलमा संगठित अपराध अनुसन्धानमा सीआईबीलाई जिम्मा लगाएपछि अनुसन्धानका लागि अनुसन्धान अधिकृतहरू थप गरिएको हो ।
प्रहरी महानिरीक्षकले करिब ४० दिनपछि अनुसन्धानमा पोख्त अधिकृत समेत खटाएपछि परिणाम आउने अपेक्षा गरिएको छ । सीआईबीले अनुसन्धानको जिम्मा साउन २१ मा लिएको थियो । अनुसन्धानको जिम्मा लिएको एक महिना पुग्न लाग्दा अनुसन्धानमा दक्ष अधिकृतहरूलाई सहभागी गराएर अनुसन्धानको दायरा फराकिलो बनाइएको छ । सुरुमा सीआईबीले एसपी सञ्जयसिंह थापाको कमान्डमा अनुसन्धान सुरु गरेको थियो । तर अहिले सीआईबीले अन्तर्राष्ट्रिय सञ्जालसम्म अनुसन्धान थालेपछि थप अनुसन्धान टोली खटाइएको छ । धनकुटाबाट एसपी कृष्ण प्रसाद कोइरालालाई बोलाएर अनुसन्धानमा खटाइएको छ । उनी धनकुटाबाट सीआईबी आउने भएका छन् ।
सीआईबीले अनुसन्धानको जिम्मा लिएपछि तस्करीमा संलग्न भनिएका मुख्य चिनियाँहरु पक्राउ परिसकेका छन् । केही व्यक्ति फरार रहेको सीआईबीले जनाएको छ । उनीहरूलाई कानुनी दायरामा ल्याउन इन्टरपोलमार्फत चीन र हङकङका प्रहरीसँग समन्वय गरिएको छ । भारतीय प्रहरीसँग पनि यस विषयमा समन्वय गरिरहेको सीआईबीले जनाएको छ ।
इन्टरपोलकै समन्वयमा नेपाल प्रहरीले अनुसन्धान एसएसपी दिनेश आचार्यलाई हङकङ पठाइसकेको छ । एसएसपी दिनेश आचार्य मंगलबार राती हङकङ पुगेका छन् । उनले त्यहाँ इन्टरपोलको उपव्यूरोमा सहभागी भएर अनुसन्धान गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार