गुडिरहेको स्कार्पियो सुख्खा पहिरोमा पुरिएर पाल्पामा तीनको मृत्यु, आठ घाइते
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १०:४२:५०
१३ भदौं, काठमाडौं । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिँदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जीप आज बिहान ढुंगासहितको पहिरोले पुरिएर हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–२ देउराली जोर्ते र लघुवाको बीचमा बुधबार बिहान सुख्खा पहिरोमा जीप पुरिँदा तीन जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर आठ जना घाइते भएको प्रहरीले जनाएको छ ।
पहिरोले पुरिएर एक महिला र दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मृतकहरूको पहिचान खुल्न सकेको छैन । लु १ ज ४६०० नम्बरको जिपमा पुरिएर घाइते भएका आठ जनालाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरी पाल्पाको तानसेनस्थित अस्पतालमा उपचारका लागि पठाएका छन् ।
गुल्मीबाट पाल्पा भएर बुटवल जाने क्रममा सुख्खा पहिरोमा जिप पुरिएको हो । यही स्थानमा सडक डिभिजन पाल्पाले रातिको समयमा १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर सडक स्तरोन्नतिको काम गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार
बयान नगराई सर्वोच्चबाट हिरासतमै फर्काइए दुर्गा प्रसाईं
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार