एमालेका शीर्ष नेता बोकेर जनकपुर उडेको बुद्ध एयरको जहाज ल्याण्ड नगरी काठमाडौं फिर्ता
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १०:५३:२७
१३ भदौ, काठमाडौं । नेकपा एमालेका शीर्ष नेताहरू चढेको बुद्ध एयरको जहाजमा समस्या आएपछि जनकपुरबाट काठमाडौं फिर्ता ल्याइएको छ । नेकपा एमाले नेताहरू चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर फेरि काठमाडौं फिर्ता भएको हो ।
सिरहामा हुने सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहोरा लगायतका नेता बोकेको बुद्ध एयरको विमानमा समस्या आएपछि जनकपुरबाट फिर्ता गरिएको हो ।
जनकपुर जाँदै गरेको जहाजको अटो पाइलट सिस्टममा समस्या आएपछि काठमाडौं फिर्ता ल्याइएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उक्त जहाजमा एमालेका शीर्ष नेताहरू चढेका थिए । एमालेको आजदेखि सिरहामा सचिवालय बैठक बस्दैछ । सोही बैठकमा सहभागी हुन उनीहरू जनकपुर हिँडेका थिए । जनकपुर पुग्ने बेलामा समस्या आएकाले ओर्लन नसक्ने भन्दै काठमाडौं ल्याइएको थियो ।
तर जनकपुर विमानस्थलमाथिको आकाशमा पुगेपछि परिचारिकाले केही प्राविधिक समस्याका कारण जनकपुर ओर्लन नसक्ने जानकारी गराएकी थिइन् । त्यसपछि जहाज काठमाडौं फिर्ता भएको एमाले उपाध्यक्ष नेम्वाङले बताए । बुधबार सिरहामा एमालेको सचिवालय समितिको बैठक बस्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार