इन्जिनियरिङ शिक्षाकाे शुल्क वृद्धिविरुद्ध आमरण अनसनरत चापागाइँको स्वास्थ्य अवस्था गम्भीर
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार ११:४८:१२
१३ भदौ, ललितपुर । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ शिक्षामा भारी मात्रामा वृद्धि गरेको शुल्क फिर्ताको माग गर्दै पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आमरण नेविसंघका नेता सुलभ चापागाइँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।
शुल्क वृद्धि फिर्ताको माग गर्दै चापागाइँ यही भदौ १० गतेदेखि पुल्चोक क्याम्पसको डीनको कार्यालय अगाडि आमरण अनसन बसेका थिए । उनको स्वास्थ्य गम्भीर बनेपछि काठमाडौंस्थित वीर अस्पतालमा भर्ना गरिएको छ । उनलाई चिकित्सकको निगरानीमा राखिएको र स्वास्थ्य अवस्था नाजुक बन्दै गएको नेविसंघले जनाएको छ ।
माग सम्बोधनबारे सरकार मौन बसेको भन्दै नेविसंघले आचार्यको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।माग पूरा नभएसम्म आमरण अनसन नतोड्ने अडान उनको छ ।
नेविसंघले माग पूरा गर्न मंगलबार डीनको सांकेतिक शव यात्रा निकालेको थियो । बुधबार त्रिविको भीसी कार्यालय अगाडि विराेधस्वरूप नेविसंघले हवन समेत गरेको छ । अनसनरत विद्यार्थी नेता चापागाईंको जीवन रक्षाका लागि भीसी कार्यालय अगाडि हवन गर्दै सांकेतिक विरोध गरेको हो ।
माग पूरा नभएसम्म आन्दोलन जारी रहने नेविसंघका केन्द्रीय सदस्य मदन उपाध्यायले बताएका छन् ।नेविसंघले यसअघि शुल्क फिर्ता गर्न माग गर्दै बालुवाटारमा प्रधानमन्त्री निवासमा प्रदर्शन गरेको थियो ।
वृद्धि शुल्क फिर्ताको माग गर्दै पुल्चोक क्याम्पसमा अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष केशव रावल, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव रसना यादव र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम सिंहले आमरण अनसन जारी राखेका छन् । माग पूरा नभएसम्म अनसन जारी रहने ति संगठनहरुले जनाएका छन् ।
इन्जिनियरिङ शिक्षा अध्ययनमा स्नातक तहका लागि तीन लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्याइएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । आवश्यकता र औचित्यबिना मनपरी तवरले शुल्क बढाएको भन्दै खारेजीको विकल्प नरहेको उनीहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली स्वास्थ्य विज्ञानबाट ५८ जना विद्यार्थी दीक्षित हुँदै
कात्तिक २७, २०८१ मंगलबार
सरकारले सिकलसेलको औषधि ल्याएर वितरण गर्छ: प्रधानमन्त्री
कात्तिक २६, २०८१ सोमबार
दिल्लीस्थित नेपाली दूतावासले भन्यो, भारतको बाटो भएर विदेश जाने नेपालीलाई एनओसी चाहिन्न
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार