एमसीसीले १२ बुँदे टिप्पणी पहिल्यै अस्वीकार गरिसकेकाे विषय हाे : ओली
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १२:२९:९
१३ भदौ, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले भन्दै आएको अमेरिकाको विदेशमन्त्रीको नेतृत्वमा संचालित मिलिनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) सम्झौता कार्यान्वयनमा संसदले गरेको १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले अस्वीकार गरिसकेको बताएका छन् ।
२०७८ फागुन १५ मा संसदबाट सम्झौता अनुमोदन गर्दा माओवादी केन्द्रले भने १२ बुँदे व्याख्यात्मक टिप्पणी गरेर समर्थन गरेको थियो । विभिन्न दलहरूले सम्झौता राष्ट्रघाती रहेको भन्दै विरोध बढाएपछि सरकारबाहिर रहेका माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणी गरेर अनुमोदन गरेका थियाे । अन्य सबै दलले चुपचाप अनुमाेदन गरेका थिए ।
सोही बुँदालाई अहिले सम्झौताको अंग बन्नुपर्ने जिकिर प्रधानमन्त्री प्रचण्डले गरिरहेका छन् । अंग नबने कार्यान्वयनमा समस्या आउन सक्ने अभिव्यक्ति दिँदै आएका छन् ।
सम्झौता आजबाट औपचारिक रुपमा कार्यान्वयनमा जाँदैछ । यसका लागि अर्थमन्त्रालयले कार्यक्रम आयोजना गर्दैछ । यस्तो अवस्थाबीच पार्टीको सचिवालय बैठकमा लागि सिरहा पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले टिप्पणीलाई त्यही बेला अमेरिकाले अस्वीकार गरेको बताएका छन् ।
अहिले १२ बुँदाको चर्चा चलाएर जनतालाई झुक्याउने काम प्रधानमन्त्रीबाट भइरहेको भन्दै उनले टिप्पणीबारे सरकारले अमेरिकालाई सोध्न समेत नसक्ने बताए । संसदले अनुमोदन गरेको सम्झौता कसैले रोक्न नसक्ने दाबी गरे ।
सम्झौता कार्यान्वयनको घोषणा गर्न अमेरिकाबाट एमसीसीका उपाध्यक्ष क्याम्रुन एलफोर्ड हिजो मात्रै काठमाडौं आइपुगेका छन् । आज अर्थमन्त्रालयमा हुने घोषणा कार्यक्रममा दुई पक्षबीच हस्ताक्षर हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार