पाल्पामा स्कारपियो पुरिँदा मृत्यु भएका ३ जनाको सनाखत
चालक सकुशल, ७ जनाको उपचार हुँदै
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १२:४७:५८
१३ भदौ, काठमाडौं । बुधबार बिहान पाल्पा–गुल्मी सडकअन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका–२, देउरालीको जोर्तेमा सुख्खा पहिरोमा स्कारपियो (जीप) पुरिएर मृत्यु भएका ३ जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–७, की ५० वर्षीया मनकला चुँदारा, गुल्मी प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार तानसेन नगरपालिका–११, बन्दीपोखराका ४२ वर्षीय यमबहादुर बोहोरा र पोखरा महानगरपालिका–२५, हेम्जाका ३१ वर्षीय विनोद तिम्सिना रहेका पल्पा प्रहरीले जनाएको छ ।
तीनै जनाको घटनास्थलमै मृत्यु भएको थियो । अन्य ८ जनालाई उद्धार गरी उपचारमा पठाइएको थियो । घाइतेमध्ये गाडी चालक बालकृष्ण श्रेष्ठको अवस्था खतरामुक्त रहेको जनाइएको छ । घाइतेहरुको पाल्पाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सुख्खा पहिरोले लु १ ज ४६०० नम्बरको रुरु रेसुङ्गा यातायात प्रालिको जिप पछाडिको भाग पुरिएको थियो । स्काभेटरले पहिराे पन्छाएर उद्धार गरिएकाे थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
पोखरेबगर–चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती
मंसिर ६, २०८१ बिहिबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार