विराटनगरबाट चामल तस्करी बढ्यो: तस्करीमा तापडिया संलग्न
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १३:४७:३७
१३ भदौ, विराटनगर । केही दिन यतादेखि भारत सरकारले निर्यात खुला गर्दै आएको चामलमा निर्यात प्रतिबन्ध लगाएको भन्दै विराटनगरबाट लामो समयदेखि खाद्यान्नको ट्रेडिङ कारोबार गर्दै आएका कारोवारीले बजारमा अहिले व्यापक मुल्यबृद्धि गर्न थालेका छन् ।
सुनसरी मोरङ औद्योगिक करिडोरमा संचालन हुँदै आइरहेका खाद्य उद्योगका लागि दैनिक आवश्यक पर्ने २० हजार मेट्रिक टन धान पछिल्लो केही समय आयात हुन नसकेको भन्ने बहाना बनाएर चामलका ट्रेडिङ कारोवारीले बजारमा मनपरी मुल्यबृद्धि गरेका हुन् ।
पछिल्लो समय भारत सरकारले धान तथा चामलको आयात खुलाएपनि अहिले विचौलियाहरु र ट्रेडिङ कारोबार गर्ने कारोवारीले नेपाल भारतका सीमामा रहेका अवैध नाकाको प्रयोग गरी भारतबाट तस्करी गरी करोडौंको राजश्व छलि गर्ने गरेको बताइएको छ । मोरङ प्रहरी प्रशासन, भन्सार र राजश्व अनुसन्धान कार्यालयलाई लाइन बाँडेर चामल व्यापारीहरूले भारतबाट तस्करीको रुटमार्फत चामल भित्र्याउने र बजारमा चामलको मुल्य चर्को रुपमा बढाएर बेच्न थालेका छन् ।
विगत तीन महिना अगाडि भारत सरकारले भारतमा उत्पादन हुने चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि नै ट्रेडिङ कारोवारीले विश्वव्यापी रूपमा नै चामलको मूल्य ह्वात्तै बढेको भन्दै अवैध नाकाको प्रयोग गरी आयात गर्दै आएका छन् । तिनै ट्रेडिङ कारोवारीले पछिल्लो समय बजारमा चामलको कारोबारमा कच्चा बिलको अत्यधिक प्रयोग गर्दै कारोबार गर्ने गरेपछि चामलमा चर्को मुल्यबृद्धि भएको कुरा खुद्रा व्यापारीले बताउने गरेका छन ।
उता एक्कासि बजारमा चामलको मुल्य अत्यधिक बढेका कारण सुनसरी मोरङ औद्योगिक करिडोरमा संचालन हुँदै आएका चामल उद्योगहरूले पनि आफ्नो उत्पादन कटौती गरेको उद्योगी एवं व्यवसायीले बताएका छन । यसरी चामल जस्ता दैनिक उपभोग्य खाद्य वस्तुमा समेत ट्रेडिङ कारोवारीले अत्यधिक मुल्य कायम गरी बिक्री गर्दा उपभोक्ताहरू महंगीको मारमा परेको खुद्रा व्यवसायीहरू बताउने गर्दछन । अब चाडपर्व नजिकिएसँगै यो मुल्यबृद्धिलाई सरकारले तत्काल नियन्त्रण नगर्ने हो भने भोलि दुई गुनाले मुल्यबृद्धि हुने दावी पनि खुद्रा व्यवसायीले गरेका छन ।
भारतबाट आउने चामलको ट्रेडिङ कारोबार गर्दै आएका कारोवारी पछिल्लो समय दिन दुगुना रात चौगुना कमाउने अभियान नै संचालन गरेर लागिपरेको रहस्य पनि खुद्रा व्यवसायीहरूले खोलेका छन । स्रोतले दिएको जानकारी अनुसार विराटनगर महानगरपालिका गोश्वारा रोड ठेगाना कायम गरी आन्तरिक राजश्व कार्यालय विराटनगरमा दर्ता कायम रहेको सोना ट्रेडर्सले मोरङका विभिन्न ठाउँमा रहेको नेपाल भारत खुला सीमाको फाइदा उठाउँदै पछिल्लो समय आफ्नो कारोबारलाई तीव्रता दिएका छन । उक्त ट्रेडिङ फर्मले सुनसरीको दुहबीमा आफ्नो उद्योग नै बन्द गरी विभिन्न अवैध नाकाबाट चामलको आयात गरेको दावी समाचार स्रोतले गरेको छ ।
उक्त ट्रेडिङ फर्मले आफूले भारतबाट आयात गरी नेपाल ल्याएको चामल स्टोर गर्नका लागि विराटनगरमा महानगरपालिका वडा नम्बर २ मा रहेको पानीटंकी चौकमा चामल बिक्रीको लागि सोरुम सहितको भित्री गोदाम समेत भाडामा लिएर चामलको स्टोर गरेको स्रोतले बताएको छ । उक्त चामल बिक्री गर्नका लागि सोना ट्रेडर्सका संचालक जितेन्द्र कुमार तापडियाले आफनो ट्रेडिङ फर्मको बिक्री बिल प्रयोग नगरी कच्चा बिलका भरमा चामलको बिक्री गर्ने गरेको दावी पनि स्रोतले गरेको छ ।
आन्तरिक राजश्व कार्यालय विराटनगरबाट २०५७ सालमा नै ३०१०५६११ मा ट्रेडिङ फर्म दर्ता कायम गरेको सोना ट्रेडर्सले बार्षिक ५० करोड भन्दा माथि नै कारोबार गर्दै आएतापनि विगत केही आर्थिक वर्षदेखि न्युन रकमको कारोबार देखाएर आयकर समेत अत्यन्त न्यून राजश्वमा बुझाउने गरेको दावी पनि स्रोतले गरेको छ । संचालक तापडिया समय अनुसारको चामलदेखि तेलहन लगायत खाद्यान्नको कारोबार गर्न अन्त्यन्तै जानकार भएका कारण चामलको व्यापारमा आकर्षित भएको व्यवसायीहरूले नै जानकारी दिएका छन ।
उनको कारोबार अनुसार व्यवसायी तापडियाले बार्षिक पचास लाख भन्दा माथि नै राजश्व बुझाउनु पर्नै अवस्था हुँदा हुँदै पनि राजश्वको कानुनी छिद्रा समाएर न्यून आयकर मात्रै बुझाएर उन्मुक्ति पाउँदै आएको स्रोतको दावी छ । सरकारी राजश्व अन्त्यन्तै कम बुझाएका तापडियाले आफ्नो हैसियत भने विराटनगरमा अर्वौको दर्जामा पुर्याएको स्रोत बताउँछ ।
विराटनगरबाट चामलको ट्रेडिङ कारोवारका सम्बन्धमा संचालक तापडियासँग वास्तविकता बुझका लागि पटक पटक टेलिफोन सम्पर्क राख्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् । जसले गर्दा उनीसँग सम्पर्क गर्ने हाम्रो प्रयास सफल हुन सकेन ।
फोटो: चामल कारोबारको विवादमा तानिएका सोना ट्रेडर्सका संचालक जितेन्द्र कुमार तापडिया
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार