६० किलो सुन तस्करी प्रकरणमा थप १ जना पक्राउ
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १३:९:५२
१३ भदौ, काठमाडौं । गत साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट भित्रिएको तस्करीको ६० किलो सुन प्रकरणमा सीआईबीले थप एक जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाल्पाका गणेश पौडेल रहेका छन् । उनलाई मंगलबार पक्राउ गरिएपनि कुन ठाउँबाट भन्ने सीआईबील खुलाएको छैन । पौडेलसँगै प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।
यसअघि भन्सार विभाग र सीआईबी गरी ७ चिनियाँ नागरिकसहित २३ जना पक्राउ परिसकेका छन् । उनीहरुलाई तस्करी, ंगठित अपराध कसुरमा अनुसन्धान जारी राखेको छ ।
हङकङबाट नेपाल काठमाडौं आएको विमानबाट मोटरसाइकलको ब्रेकशुमा लुकाएर उक्त परिमाणको सुन तस्करी गरेको पाइएको थियो । विमानस्थलबाट पार गरिसकेको अवस्थामा अवैध सुन भन्सार विभागले साउन ३ मा सिनामंगलबाट बरामद गरेको थियो ।
कार्टुनमा राखेर ल्याइएको ब्रेकशु नेपाल राष्ट्र बैंकको तक्सार विभागले सुरक्षाकर्मी लगायतको रोहबरमा पगाल्दा ६० केजी ७१६ ग्राम सुन ठहरिएको थियो । तस्करीमा अन्तरदेशीय संजाल जोडिएको पाइएपछि भन्सार विभागको अनुमतिले सीआईबीले अनुसन्धान गरिरहेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार