कर्मचारीको सेटिङमा भैरहवा भन्सारमा तस्करी र राजश्व छली बढेपछि अनुसन्धान गर्न सीआईबीसँग आग्रह
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १३:४१:२३
१३ भदौ, भैरहवा । एकपछि अर्को गर्दै भैरहवा भन्सार नाकामा व्यापक तस्करी बढेको छ । भन्सार छल्न रक्सौल भएर जानुपर्ने ट्रकसमेत भैरहवा आउने गरेको भेटिएको छ । कर्मचारीको सेटिङमा तस्करहरूले एउटा सामानको बिल देखाएर अकै सामान ल्याउने गरेका छन् । भन्सारमा रहेका कर्मचारी अधिकांश पुराना भएकाले पनि सेटिङमा तस्करी बढेको भन्सारकै कर्मचारीहरू बताउँछन् ।
घटना बढ्दै गएपछि तस्करहरूको विवरण पठाएर सीआईबीलाई अनुसन्धानका लागि आग्रह नै गर्नुपरेको छ । सेटिङले गर्दा भैरहवा भन्सारमा एउटा घटना सेलाउन नपाउँदै अर्को घटनाले निरन्तरता पाउँदै गएको छ । यसैकारण भैरहवा भन्सार कार्यालयले २०७८ पुसदेखि लक्ष्य अनुसारको राजश्व असुल गर्न सकिरहेको छैन भने कर छलीको लागि विभिन्न गतिविधि बढिरहेका छन् ।
गत जेठको दोस्रो सातामा कीर्ते प्रज्ञापनमार्फत् भन्सार पास गराउन खोज्दा कार्यालयको ४ नम्बर गेटबाट एक ट्रक माछा बरामद भएको थियो । १० जना अरोपितलाई पक्राउ गरि भन्सार कानुनअनुसार कारबाही पनि गरियो । लगतै सोही प्रकृतिको असारमा घटना भैरहवा भन्सारमा दोहोरियो । भारतबाट नेपालका लागि भित्र्याएको प्याजसहितको मालबाहक ट्रक भन्सार जाँच पासबिनै बाहिरिन खोज्दा अन्नपूर्ण टर्मिनलको सुरक्षा गार्डले रोकेका थिए । युपी ३१ टी ९९४१ नम्बरको प्याजसहितको ट्रक भन्सारको दोस्रो गेटबाट बाहिरिन नै लाग्दा कीर्ते कागज भएको आशंकामा टर्मिनलले रोकेको हो ।
भन्सार छलीकै मनसायले भन्सारमा गत बिहीबार प्लाष्टिकको दाना भनेर भित्र्याइएको ट्रकमा फरक सामान पाइयो । भन्सार परिसर प्रवेश गर्दा गेटमा स्वघोषणा गरिएको भन्दा फरक सामान पाइएपछि भैरहवा भन्सार कार्यालयले सामानसहित नेपाली र भारतीय ट्रक अनुसन्धानका लागि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको समयमा सोमबार पनि सोही प्रकृतिको अर्को घटना बाहिरिएको छ ।
औषधिको कच्चा पदार्थ भनि भन्सार परिसरमा भित्रिएको ट्रकमा आइतबार राति ३७ पोका कपडा भेटिएको छ । डिएल १ जिसी ४४४६ नम्बरको ट्रक परिसरमा प्रवेश गरि भन्सारका लागि प्रक्रियामा आएको थियो । ३ दिनदेखि सामान देखाउनका लागि भने पनि आनाकानी गरेको पाएपछि शंका लागेर जाँच गर्दा कपडा र जुत्ता चप्पल भेटिएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले जानकारी दिए । त्यो घटनामा युपी ८४ टी ५३४७ नं.को ट्रकको पनि संलग्नता पाइएको छ ।
उनका अनुसार घटनामा संलग्न भएको आशंकामा एक जना भन्सार एजेन्टसहित दुई जनालाई पक्राउ गरिएको छ । उक्त ट्रकभित्र रहेका कपडाका पोकामा रक्सौल नाका कोड गरिएकोले उक्त सामान काठमाडौं आसपासको हुनसक्ने भन्सार कार्यालयले आंकलन गरेको छ । तर, पनि रक्सौलबाट जानुपर्ने ट्रक भैरहवा भन्सार हुँदै प्रवेश गर्नुले भित्रैका केही व्यक्तिको सेटिङमा यहाँबाट ट्रकका ट्रक सामान तस्करी भइरहेको छ भन्ने पुष्टि भएको छ ।
आइतबार बेलुका भन्सार गेटबाट प्रवेश गरेको उक्त ट्रकभित्र तोकिएभन्दा फरक सामान रहेको भन्ने गोप्य सूचनाको आधारमा निगरानीमा राखिएको प्रमुख भन्सार अधिकृत पौडेलको भनाइ छ । राति साढे १० बजे सामानको प्रकृति चेकजाँच गर्ने क्रममा पोका खोल्न आलटाल गरेपछि सोमबार बिहानै चेकजाँच गर्ने भनि कर्मचारी घर लागेका थिए ।
यही मौका छोपी ट्रकभित्र रहेका १९ वटा पोका रातारात अर्को ट्रकमा स्थानान्तरण गरेको पाइएपछि केहीबेर सोमबार विहानै भन्सारभित्र हल्लीखल्ली चल्यो । खोज्दै जाँदा उक्त ट्रकभित्र रहेका कपडाका १९ वटा पोका युपि ८४ टी ५३४७ नम्बरको ट्रकमा फेला परेकाले दुवै ट्रकलाई नियन्त्रणमा लिइएको पौडेलले जानकारी दिए ।
एउटा ट्रकका सामान औषधिको कच्चा पदार्थ भनेर अन्नपूर्ण टमिर्नललाई घोषणा गरेको थियो भने अर्को ट्रक ७२ घण्टे म्यादभन्दा बाहिर भएकोले आइतबार राति भन्सार परिसरमा आएको थियो । औषधिको कच्चा पदार्थ भनिएको ट्रक शंकास्पद देखिएपछि जाँचका लागि भन्सारले भनिरहँदा संलग्नहरूले आइतबार गएको खाली ट्रकमा ती कपडा र जुत्ता चप्पलका सामान व्यवस्थापन गर्दै गरेको अवस्थामा घटना बाहिरिएको हो ।
सामानको मूल्यांकन भइरहेको छ । अनुसन्धानको क्रममा केही व्यक्तिको नाम आएको छ भने केही संलग्नहरू विगतको घटनामा पनि सामेल भएको पाएपछि वारेन्ट नै जारी खोजीको काम भइरहेको भन्सार प्रमुख पौडेलले बताए । ती तस्करको विवरणसहित सीआईबीलाई अनुसन्धानका लागि पठाइएको उनले बताए । यसमा ठूलो गिरोहको संलग्नता रहेकोले यसलाई संगठित अपराधमा मुद्दा दर्ता गरेर सीआईबीलाई अनुसन्धानका लागि जिम्मा दिने तयारी रहेको पौडेलले जानकारी दिए ।
उनले भने, ‘यो सामान तस्करीको मात्र कुरा होइन यति ठूलो परिमाणमा अवैध ल्याइने सामानको भुक्तानी कुन प्रक्रियाबाट बाहिर गइरहेको छ, यसको पनि अनुसन्धान जरुरी छ ।’ भन्सारका कर्मचारी वा अन्य सम्बन्धित व्यक्तिहरुका विषयमा पनि मोबाइल कल डिटलदेखि सीसीटीभी क्यामेराका फुटेज गहिरो अनुसन्धान सुरु गरिएको उनको भनाइ छ । उनले भने, ‘सन् २००२ देखि यहाँ विभिन्न सेक्टरमा काम गरिरहेका पुराना कर्मचारी छन्, यसमा सेटिङ नहोला भन्न सकिँदैन । हामी सूक्ष्म अनुसन्धानमा छौँ ।’
विगतको घटनाको कारबाही सम्बन्धमा १३ जनालाई अनुसन्धानपश्चात कारबाही गरिएको भन्सारले जानकारी दिएको छ । जसमध्ये चार जना धरौटीमा रिहा भएका छन् भने नौजना धरौटी रकम जम्मा गर्न नसक्दा थुनामै छन् । थप तीन जनाको नाममा पक्राउ पुर्जी जारी गरिएको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो निर्णय दोस्रो मुलुकबाट व्यापार गर्ने जुनसुकै कम्पनीले अनिवार्य एलसी खोल्नुपर्ने भएपछि झन्झटिलो प्रक्रिया भन्दै साना व्यापारीहरूले तस्करको सहारा लिएको भन्सार प्रमुखको तर्क छ । अहिले सिजन पनि देशमा कपडाको माग बढ्दो र वैधानिक आयात झन्झटिलो भएकोले तस्करले ठाउँ पाएका उनले बताए । खुला सीमा नाकाका कारण भन्सारमा चोरी तस्करी बढेको र नेपाली बजार सुकेको भन्दै सर्वसाधारणलाई १ सय रूपैयाँमाथिको सामानको भन्सार शुल्क लिइने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कर बक्यौतामा चुक्यो आन्तरिक राजश्व, विवादित रकम १ खर्ब २३ अर्ब ८० करोडमाथि
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार