एमसीसी सम्झौता कार्यान्वयन हुने भएपछि प्रचण्ड र विप्लवबीच मतभेद
मोर्चाको औचित्य समाप्त भएको खनालको जिकिर, समाजवादी मोर्चा भंग हुने दिशातिर
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १३:५४:९
१३ भदौ, काठमाडौं । तत्कालीन सरकारले गरेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन जानबाट नरोकिने भएपछि समाजवादी मोर्चाका घटकबीच मतभेद पैदा भएको छ ।
मोर्चामा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, अर्का घटक एकीकृत समाजवादी, जसपा र सरकार बाहिर रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सम्मिलित थिए । मोर्चाले नेपाली विशेषताको समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्य लिएको भनिएको थियो ।
मोर्चाले पछिल्लो समयमा यही भदौ ५ गतेदेखि ७ वटै प्रदेशमा सन्देश सभा गर्ने र त्यसमा राष्ट्रहित विपरीतका सन्धि, सम्झौताको भण्डाफोर गर्दै आइरहेको छ । तर नेकपाका लागि तत्कालीक विरोधका मुख्य एजेण्डा बनेको एमसीसी सम्झौता आजबाट औपचारिक रुपमा कार्यान्वयनमा जाने भएपछि मोर्चाभित्रका घटकबीच मतभेद उत्पन्न भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष अहिले सरकारका प्रधानमन्त्री छन् । उनी नेतृत्वको सरकारकै पालामा सम्झौता कार्यान्वयनमा जाने भएपछि नेकपाका महासचिव विप्लवले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका छन् । नेकपाले सम्झौतालाई राष्ट्रघातीको संज्ञा दिँदै देशबाट उठाउने चेतावनी दिँदै आएको छ ।सम्झौता लागू भएमा अमेरिकी सेना नेपालभित्र घोषित रुपमा तैनाथ हुन अखडा तयार हुने जिकिर नेकपाको छ । सरकारले सम्झौता कार्यान्वयन रोक्नुपर्ने दबाब नेकपाले दिइरहेको छ ।
तर सरकारका कर्मचारीले आजबाट सम्झौतालाई कार्यान्वयनमा लैजाने भएका छन् । अर्थ मन्त्रालयमा आज एक कार्यक्रम गरी एमसीसीका उपाध्यक्ष क्यामरून एलफोर्डसहितको उपस्थितिमा कार्यान्वयन फाइलमा हस्ताक्षर हुँदैछ ।
सोही विषयलाई लिएर विप्लवले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेर सम्झौता कार्यान्वयन रोक्ने बारे छलफल गरेका छन् । छलफलमा खासै प्रगतिको संकेत नदेखिएको नेकपाका एक नेताले बताए । छलफलमा विप्लवले सम्झौता लागू नगर्न र संसदबाट भएको १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको आधिकारिक धारणा माग गर्न आग्रह राखेका थिए । जवाफमा प्रचण्डले सम्झौता कार्यान्वयनका लागि कर्मचारी तहमा गइसकेकाले आफूले केही गर्न नसक्ने जवाफ दिएको र त्यसपछि विप्लव समाजवादी मोर्चामा सहकार्य टुट्नसक्ने बताएर आक्रोश भावसहित बालुवाटारबाट बाहिरिएका थिए ।
व्याख्यात्मक टिप्पणीमा अमेरिकाको लिखित जवाफ नआएसम्म सम्झौता कार्यान्वयन रोक्न विप्लवले प्रचण्डसँग आग्रह गरेका स्रोतले बतायो । निस्किने क्रममा विप्लवले प्रधानमन्त्रीले निरीहिता प्रकट गरेको बताएका थिए ।
यसै बीच मोर्चाका घटक माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका नेता झलनाथ खनालले सञ्चारमाध्यममार्फत एमसीसी सम्झौता लागू गरेर राष्ट्रघात श्रृंखला सुरु भएको बताएका छन् । सम्झौता गरेर नेपालले गल्ती गरेको र संसदबाट अनुमोदनका बेला आफू मात्र विरोधमा उभिएको बताएका छन् । उनले सम्झौता कार्यान्वयनको दिन आजदेखि नेपालले कलंकको टीका लगाएको र स्वाधीनता र अखण्डतामाथि कुनै राज्य शक्तिले राज गर्ने बाटो खुलेको बताएका छन् । मोर्चाले सम्झौता लागू हुनबाट रोक्न नसक्ने भएपछि मोर्चाको औचित्य समेत समाप्त भएको टिप्पणी गरेका छन् ।
मोर्चा नेकपाकै जोडबलमा गएकाे असार ४ मा घाेषणा भएको थियो । विप्लवले पार्टी आन्तरिक बैठकहरूमा ‘प्रचण्ड सच्चिन थालेको’ भनेर बताउँदै आइरहेका बेला दुई जनाबीच पुनः मतभेद सुरु भएको हो ।
यसै बीच मोर्चाले आज सुदूरपश्चिम प्रदेशका लागि धनगढीमा आयोजना गर्ने भनिएको सन्देश सभा रोकिएको छ । यसअघि वीरगन्ज, बुटवलमा सभा गरिसकेको मोर्चाले आज धनगढीमा सभा राखेको थियो । सभामा प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव र विप्लवले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर सम्झौता कार्यान्वयन हुने भएपछि मोर्चाभित्रका पार्टीहरूबीच विवाद सुरु भएको छ । यसैका कारण मोर्चा भंग हुने दिशातिर गएको नेकपाका नेताहरूको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिम पहिरोबारे नेपालले बृहद हिमालय इकोसिस्टम संवाद आयोजना गर्छः प्रधानमन्त्री
असोज ६, २०८१ आइतबार
सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
मोदी र बाइडेनबीच भेटवार्ता
असोज ६, २०८१ आइतबार
सुनको मूल्य हालसम्मकै उच्च, १७ सयले बढेर १ लाख ५७ हजारमा कारोबार
असोज ६, २०८१ आइतबार
संयुक्त राष्ट्रसंघको मुख्यालय भवन
असोज ६, २०८१ आइतबार
न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम चरणमा फोटो फिचर
असोज ६, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद के हो ?
असोज ६, २०८१ आइतबार
कृषि पर्यटनको प्रवर्द्धन गर्नका लागि स्याउ आकृतिको प्रवेशद्वार
असोज ६, २०८१ आइतबार