‘बृहत् ब्रिक्स थप सशक्त र सुदृढ हुन्छ’
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १३:५६:४६
१३ भदौ, ब्रासिलिया । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्समा उदीयमान अर्थतन्त्र युक्त देश नयाँ सदस्यका रुपमा थपिएपछि समूह अझ सशक्त र सुदृढ भएको ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले बताएका छन् ।
ब्राजिलको सरकारी प्रसारण संस्थाको साप्ताहिक कार्यक्रममा उनले छ वटा देश ब्रिक्समा थपिएपछि यो अझ महत्वपूर्ण र शक्तिशाली भएको बताए । समूहका गतिविधि र प्रगतिबारे जानकारी लिन तथा सदस्य देशका सरकार प्रमुख एवं राष्ट्राध्यक्षसँग विचार आदानप्रदान गर्न शिखर सम्मेलन फलदायी रहेको बताउनुभयो । गत साता दक्षिण अफ्रिकी शहर जोहानेसबर्गमा ब्रिक्सको १५ औँ शिखर सम्मेलन भएको थियो।
“मलाई लाग्छ ब्रिक्सको विस्तारपछि आर्थिक मामिलामा संसार उस्तै रहँदैन, सदस्य देशबीचको व्यापारलाई सहज बनाउन साझा मुद्रा सुरु गर्न सकिन्छ । हामीलाई डलरसँग व्यापार गरीराख्न आवश्यक छैन । हामी हाम्रै मुद्रा चलाउन वार्ता गर्न सक्छौँ, यो काम गर्नैपर्ने भएको छ,” अर्को शिखर सम्मेलन आयोजना हुने समयसम्ममा ब्रिक्सले निर्यातका लागि आफ्नै मुद्रा स्थापना गर्ने लक्ष्यका काम गनुपर्ने र छलफल गरेर अर्थमन्त्रीहरूलाई अनुमति दिनुपर्ने जानकारी दिँदै ब्राजिलका राष्ट्रपतिले भने ।
ब्रिक्स मुद्रा प्रचलनमा ल्याउने प्रयास डलर विरुद्ध नभएको स्पष्ट गर्दै उहाँले त्यसो गर्दा ब्राजिलको अर्थतन्त्रलाई बलियो हुने र त्यसले देशलाई नै फाइदा पुग्ने बताउनुभयो । ब्रिक्सको पन्ध्रौँ शिखर सम्मेलनको अन्त्यमा अर्जेन्टिना, साउदी अरब, इजिप्ट, संयुक्त अरब इमिरेट्स, इरान र इथियोपियालाई नयाँ सदस्यका रुपमा घोषणा गरिएको थियो । आगामी जनवरी १ देखि नयाँ सदस्य औपचारिक रुपमा ब्रिक्समा सामेल हुनेछन् ।
यसैबीच, एएफपीका अनुसार ब्रिक्समा सामेल हुने नयाँ देशबीच खासै समानता देखिदैन । आफ्नो क्षेत्रमा सबै देशको उत्तिकै महत्व छ तर साउदी अरब, इरान, संयुक्त अरब इमिरेट्स र इजिप्टको समावेशलाई ब्रिक्स मध्यपूर्वतर्फ अधिक केन्द्रित भएको देखाउँछ । यसमा भूआर्थिक, भूरणनीतिक र भूराजनीतिक प्रभाव रहेको चीन र अफ्रिकामा केन्द्रित दक्षिण अफ्रिकी थिङ्क ट्याङ्क ग्लोबल डायलग इन्स्टिच्युटका वरिष्ठ अनुसन्धान फेलो सानुषा नायडू बताउँछिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
धौलागिरि हिमालको मनोरम दृष्य
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः म्याद थप गर्न रवि लामिछानेलाई अदालत पुर्याइयो
मंसिर २७, २०८१ बिहिबार
धरानमा शनिबारदेखि तीन दिनसम्म योमरी महोत्सव हुँदै
मंसिर २७, २०८१ बिहिबार
जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार