एसिया कप क्रिकेट खेल विराटनगरमा निःशुल्क देखाइने
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १४:५:१०
१३ भदौ, सुन्दरहरैँचा । कोशी प्रदेश क्रिकेट सङ्घ तथा मोरङ जिल्ला क्रिकेट सङ्घले संयुक्तरूपमा एसिया कप क्रिकेट खेल विराटनगरमा निःशुल्क देखाउने भएपछि खेलप्रेमीको आकर्षण बढेको छ ।
वल्र्डलिङ्कको सहकार्यमा एसिया कप क्रिकेट निःशुल्क देखाइने भएको हो । पहिलो पटक नेपालको एसिया कपअन्तर्गतको खेलहरू सेन्टर मलको छेउ नगर प्रहरी अगाडिको खाली जग्गामा प्रत्यक्ष प्रसारण गरिने तयारी भएको वल्र्डलिङ्क विराटनगर शाखाप्रमुख सुरज दाहालले जानकारी दिनुभयो । उहाँले नेपालले आज घरेलु टोलीले पाकिस्तानसित पहिलो भेटअन्तर्गत् खेल्ने जानकारी दिनुभयो ।
सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः१५ बजे हुनेछ । एसिया कप पाकिस्तान र श्रीलङ्काले सञ्चालन गर्दैछन् । गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको थियो । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स 'युएई' लाई सात विकेटले पराजित गरेको थियो ।
एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् । बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् । प्रतियोगितामा छ राष्ट्रको सहभागिता रहने उल्लेख गरिएको छ । दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।
नेपालले पाकिस्तान विरूद्धको खेलपछि समूह चरणको दोस्रो खेल भारतसँग यही भदौ १८ गते श्रीलङ्कामा खेल्ने उल्लेख गरिएको छ । नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा चर्चामा रहेको पाकिस्तानसँग खेल्न लागेको हुँदा विश्वभरका खेलप्रेमीहरूले उक्त खेल महत्वका साथ हेरेका छन् ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतविरुद्ध बंगलादेश पहिलो इनिङ्गमा १४९ रनमा अलआउट
असोज ४, २०८१ शुक्रबार
लिग-२ मा अमेरिकाले युएईलाई पराजित गर्यो
असोज २, २०८१ बुधबार
रिक्की पोन्टिङ आईपीएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त
असोज २, २०८१ बुधबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
सुनको मूल्य हालसम्मकै उच्च, १७ सयले बढेर १ लाख ५७ हजारमा कारोबार
असोज ६, २०८१ आइतबार
संयुक्त राष्ट्रसंघको मुख्यालय भवन
असोज ६, २०८१ आइतबार
न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम चरणमा फोटो फिचर
असोज ६, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद के हो ?
असोज ६, २०८१ आइतबार
कृषि पर्यटनको प्रवर्द्धन गर्नका लागि स्याउ आकृतिको प्रवेशद्वार
असोज ६, २०८१ आइतबार
हिम पहिरोबारे नेपालले बृहद हिमालय इकोसिस्टम संवाद आयोजना गर्छः प्रधानमन्त्री
असोज ६, २०८१ आइतबार