शय्या अभाव भएपछि भूइँमै राखेर उपचार
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १४:३६:१५
१३ भदौ, इलाम । इलाम अस्पतालमा आउने बिरामीलाई शय्या अभाव भएपछि भूइँमै राखेर उपचार गर्न थालिएको छ । पछिल्लो समय अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि शय्या अभाव हुँदा भूइँमै राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।
अहिले दैनिकजसो ७० देखि ८० को सङ्ख्यामा आकस्मिक कक्षमा बिरामी आउने गरेको आकास्मिककक्ष इन्चार्ज टीका लुइँटेलले जानकारी दिए । उनका अनुसार अस्पताल आउने मध्ये अधिकांश डेङगु, स्कपसाइफस र भाइरल ज्वरोका बिरामी छन् ।
“जीउ दुख्ने, हात खुट्टा करकर खाने, आँखाका दाना दुख्ने, प्रेसर कम हुने, ज्वरो अत्यधिक आउने लक्षणहरु लिएर अधिकांश बिरामी आउने गरेका छन्”, लुइँटेलले भने, “अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई भूइँमै भए पनि उपचार गरिरहेका छौँ ।”
अस्पतालको ओपिडीमा पनि दैनिक तीन सय ७५ जनासम्म बिरामी आउने गरेका अस्पतालका व्यवस्थापक क्षितित खतिवडाले जानकारी दिए । उनका अनुसार आकस्मिक कक्षमा जम्मा ११ शय्या मात्र छन् । “आकस्मिक कक्षमा भर्ना भएर आएका बिरामीलाई शय्या नपुगेपछि भूइँमै राखेर सेवा दिइरहेका छौँ”, व्यवस्थापक खतिवडाले भने, “ओपिडीमा पनि बिरामीको सङ्ख्या थामिनसक्नु छ । जसोतसो उपचार गरिरहेका छौँ ।”
उनका अनुसार साउन र भदौ १० गतेसम्ममा जाँच गराउन आउनेमध्ये ४१ जनामा डेङगु पुष्टि भएको छ । सोही अवधिमा २४ जनामा स्कपटाइफस देखिएको छ । “यीमध्ये डेङ्गुका १० र स्कपटाइफसका पाँच जना बिरामीलाई भर्ना नै गरेर उपचार गराएका छौँ”, उनले भने ।
जिल्लाको फाकफोकथुम गाउँपालिकाबाट उपचारका लागि आएकी माया थेबेले शय्या नपाउँदा उपचारमा असहज भएको बताए । उनले भने, “ज्वरोले सिकिस्त पारेर अस्पताल आएको भूइँको चिसोले ज्यानै लैजाला जस्तो छ ।” जिल्लामा अहिलेसम्म दुई सय तीन जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
चालु आर्थिक वर्षमा दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
पुस १३ देखि पोखरा सडक महोत्सव
पुष ३, २०८१ बुधबार
बिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार