एमसीसी सम्झौता कार्यान्वयनविरुद्ध ४ पार्टी सडकमा, विरोधसभामा विप्लवले सम्बोधन गर्ने
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १६:२१:३६
१३ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता औपचारिक रुपमा कार्यान्वयन आएपछि नेकपासहित ४ पार्टी सडक प्रदर्शनमा उत्रिएका छन् ।
बुधबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, ऋषिराम कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीले संयुक्त रुपमा काठमाडौंमा प्रदर्शन गरेका छन् ।
‘साम्राज्यवादी एमसीसी परियोजना कार्यान्वयन विरुद्ध विरोध प्रदर्शन’ लेखिएको ब्यानरसहित पार्टीका शीर्ष नेताहरु सडकमा उत्रिएका हुन् । मााइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहित प्रदर्शन गरेका छन् ।
अहिले विरोध सभाको तयारी गरिएको छ । प्रदर्शनको नेतृत्व विप्लव, धर्मेन्द्र बाँस्तोला, ऋषिराम कट्टेल लगायतले गरेका छन् । विरोध सभामा उनीहरुले सम्बोधन गर्नेछन् । चार पार्टीले सम्झौतालाई राष्ट्रघातीको संज्ञा दिएका छन् । सम्झौतामार्फत अमेरिका नेपालभित्र आफ्नो सेना अखडा तयार पार्ने र राष्ट्रियतामाथि क्रिडास्थल मच्चाउने योजनामा आर्थिक सहयोगका कार्यक्रमसहित आइरहेको चार पार्टीको निष्कर्ष छ ।
कुनैपनि हालतमा सम्झौता कार्यान्वयन हुन नदिने नेताहरूको भनाइ छ । प्रदर्शन देशभर भइरहेको नेपाले जनाएको छ । चार पार्टीका शीर्ष नेतृत्वले संयुक्त विज्ञप्ति निकालेर कार्यान्वयन विरुद्धको आन्दोलनमा एकजुट हुन समेत अपिल गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार