नागरिकता नियमावली छिटो ल्याउन सरकारलाई पीडितको दबाब
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १६:४१:१६
१३ भदौ, काठमाडौं । नागरिकता विहीन संघर्ष समिति नेपालले नागरिकता नियमावली छिटो बनाउन सरकारलाई दबाब दिएको छ । बिहीबार काठमाडौंको माइतीघरमा नागरिकताविहीन संघर्ष समिति नेपालले नागरिकता नियमावली २०८० छिटो प्रकाशन गर्नुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
संघर्ष समिति बनाएर लामो समयबाट अगुवाई गर्दै आएका पीडित इन्द्रजित साफीले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको झन्डै तीन महिना पुग्नलाग्दा समेत सरकारले नियमावली नबनाएको गुनासो गरे । उनले नियमावली नबनेको कारण आमाको नामबाट नागरिकता पाउन नसकेको भन्दै दबाबका कार्यक्रम सुरु गरेको बताए ।
उनले भने, ‘विधेयकले कानूनको रुप लिएकै तीन महिना भैसक्न लाग्यो,तर अहिलेसम्म सरकारले नियमावली प्रकाशन गर्न नसकेको कारणले गर्दा आमाको नामबाट अहिलेसम्म नागरिकता पाएको छैन् ।’ नागरिकता पीडित साफीेले सरकारले चाँडो नियमावली नल्याए पीडितहरुको मार्चपास गराउने चेतावनी दिए ।
‘बिहीबार मन्त्रीपरिषद् बस्ने कुरा हुन्छ त्यसमा पनि नियमावली पेस भएन भने जसरी हामीले पहिला मार्च उतारेर संघर्ष गरेका थियौं,त्यही रुपमा ठूलो मार्च उतारेर संघर्ष गछौं,’ उनले चेतावनी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक गत जेठ १७ गते प्रमाणीकरण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब सम्झनामा मात्र रहे पूर्वसभामुख दमननाथ ढुंगाना, सोमबार अन्तिम संस्कार गरिने
मंसिर २, २०८१ आइतबार
युवाहरूबीच कुटपिट हुँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
पूर्वसभामुख ढुङ्गानाको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार