बहुचर्चित एमसीसी परियोजना कार्यान्वयन गएको घोषणा
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १६:५७:४
१३ भदौ, काठमाडौं । बहुचर्चित मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना बुधबारदेखि कार्यान्वयनमा गएको छ । बुधबार अर्थ मन्त्रालयमा नेपाल सरकार र एमसीसी दुवैको संयुक्त आर्थिक सहयोगबाट कार्यान्वयन गर्न लागिएको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा गरिएको हो । यो परियोजनामा ५० करोड अमेरिकी डलर र सरकारको १३ करोड डलर लागत रहने भनिएको थियो । पछि ३ वटा सवस्टेसनका लागि ६ करोड ७० लाख डलर थपसहित कुल लागत ६९ करोड ७० लाख डलर रहेको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महत र एमसीसी कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले अर्थ मन्त्रालयमा विशेष समारोहबीच एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश सम्बन्धी पत्र आदानप्रदान गरेका छन् । ‘कार्यान्वयनमा प्रवेशले पाँच वर्षको समयसीमाभित्र कम्प्याक्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न हुने सुनिश्चितताका लागि पूर्व शर्तहरू पूरा भएको बताइएको छ ।
पत्र आदानप्रदान गर्दै अर्थमन्त्री डा. महतले राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषित विद्युत् प्रसारण आयोजना र नेपालको रणनैतिक सडक सञ्जालमा लगानी गर्ने सडक मर्मत आयोजनाको औपचारिक कार्यान्वयन शुभारम्भ भएको घोषणा गर्न पाउँदा खुसी लागेको बताए । महतले नेपालको आर्थिक विकासलाई सघाउने एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमका आयोजनाहरूले सडक स्तरोन्नति तथा भरपर्दो विद्युत् आपूर्तिमार्फत नेपाली जनतालाई लाभान्वित हुने बताए ।
अमेरिकी राजदूत डीन थम्पसनले अमेरिका र नेपालबीच ७५ वर्षभन्दा बढी समयदेखि बलियो मैत्रीपूर्ण सम्बन्ध रहेको र यो मित्रताको एउटा कोशेढुङ्गा एमसीसी नेपाल कम्प्याक्ट भएको बताए । यसले दीर्घकालका लागि नेपालको समृद्धिलाई उकास्दै विद्युत र यातायातमा नेपाली जनताको पहुँचमा सुधार गर्ने आफूले विश्वास लिएको उनले बताए । आज यस महत्वपूर्ण कोशेढुङ्गा घोषणा कार्यक्रममा सहभागी हुन पाउँदा निकै हर्षित भएको भन्दै नेपालको आर्थिक विकासमा कम्प्याक्टले उल्लेख्य प्रभाव पार्ने बताए ।
नेपाल सरकार र अमेरिकी सहयोग नियोग एमसीसीसँग भएको सम्झौताको धारा ७ अनुसार आवश्यक पूर्वशर्तहरू पूरा भएको कुरामा एमसीसी सन्तुष्ट भएको अवस्था र सम्झौता लागू गर्न उसले नेपाल सरकारलाई प्रेषित गरेको पत्रका मितिदेखि यो लागू हुने व्यवस्था छ । सम्झौताको धारा ७ को ४ मा सम्झौता लागू भएको मितिदेखि पाँच वर्षको अवधिसम्म बहाल रहने उल्लेख छ ।
३० अगस्त २०२३ मा सम्झौता लागू भएको यो परियोजना २९ अगस्त २०२८ भित्र आयोजना निर्माण सम्पन्न गरिसक्नुपर्छ । त्यसो नभएमा खर्च हुन बाँकी रकम एमसीसीले फिर्ता लैजाने सर्तमा उल्ल्ेख छ । सोहीकारण यी आयोजना समयमै सम्पन्न गर्नुपर्ने दवावमा सरकार छ । एमसीसीको पूर्वतयारीमा आयोजना कार्यान्वयन हुने स्थानमा साइट क्लियर भइसक्नुपर्ने तथा ठेक्का सम्झौता पनि भइसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
यसैबीच अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनविरुद्ध काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला भएर एमसीसी विरुद्ध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा नेकपाका महासचिव विप्लव, नेता प्रकाण्ड, धर्मेन्द्र बास्तोला लगायत सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल विद्युत् प्राधिकरणको ६१ उद्योगलाई पत्र, कात्तिक ८ गतेभित्र बक्यौता रकम तिर्नू
असोज ४, २०८१ शुक्रबार
बुद्ध एयरले भारतको वाराणसीका लागि साताको तीन उडान गर्ने
असोज २, २०८१ बुधबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
मोदी र बाइडेनबीच भेटवार्ता
असोज ६, २०८१ आइतबार
सुनको मूल्य हालसम्मकै उच्च, १७ सयले बढेर १ लाख ५७ हजारमा कारोबार
असोज ६, २०८१ आइतबार
संयुक्त राष्ट्रसंघको मुख्यालय भवन
असोज ६, २०८१ आइतबार
न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम चरणमा फोटो फिचर
असोज ६, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद के हो ?
असोज ६, २०८१ आइतबार
कृषि पर्यटनको प्रवर्द्धन गर्नका लागि स्याउ आकृतिको प्रवेशद्वार
असोज ६, २०८१ आइतबार