राहुल महरालाई म्याद थपका लागि अदालत लगियो, संगठित अपराधमा अनुसन्धान हुने
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १७:३०:६
१३ भदौ, काठमाडौं । विद्युतीय चुरोट (भेप)मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी सुन तस्करी भएको घटनामा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्वसभामुख कृष्णबहादुर महाराका छोरा राहुल महरालाई अनुसन्धानका लागि म्याद लिन जिल्ला अदालत काठमाडौं पुर्याइएको छ ।
हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने देखिएपछि सीआईबीले राहुललाई बबरमहलस्थित अदालतमा केही अघिमात्र पेस गरेको हो । उनलाई आजै काठमाडौंबाट पक्राउ गरिएको हो । पक्राउ पर्नु केही समयअघि मात्र उनले केही ठूला मिडियालले ग्वेयवल्स शैलीमा ‘मिडिया ट्रायल’ गरेर हाममाथि हिलो छ्याप्ने कोशिस गरेको फेसबुक स्टाटस लेख्दै अनुसन्धानमा सहजीकरण गराउने तयारीमा रहेको बताएका थिए ।
गत वर्ष चिनियाँ व्यापारीले भेपमा लुकाएर तस्करी गरेको सुन विमानस्थल भन्सारबाट छुटाउन महराका बाबु छोराले सहयोग गरेको विवरण सीआईबीले फेला पारेको थियो । त्यसपछि पनि जोगिँदै आएका राहुल पक्राउ परेका छन् । उक्त सुन प्रकरणको अनुसन्धान सकेर सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौ.मा बुझाएको प्रतिवेदनमा बाबुछोराको संलग्नता रहेको देखाइएको छ । तर पद र शक्तिका आडमा जोगिँदै आएका थिए । बाबु कृष्णबहादुर भने अझै पक्राउ गर्न सकेका छैनन् ।
महरा बाबुरा छोरालाई अनुसन्धानको दायरामा नल्याएकोमा नागरिक स्तरबाटै सरकारको चर्को आलोचना हुँदै आएको छ ।
यस्तै, एमालेका नेता पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक पनि फरार छन् । उनलाई नक्कली भुटानी शरणार्थी मुद्दामा अभियुक्त बनाइएको छ । राहुल र प्रतीक दुवै जनाले बाबु शक्ति र पदमा रहँदा दुरुपयोग गरेको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार