नेपाली क्रिकेट टोलीलाई मेयर बालेनको हौसला : प्रीय खेलाडी, व्यवस्थापक र समर्थकहरु ! हामी हिडेको बाटो गलत छैन
नेपालबहस संवाददाता
भदौ १४, २०८० बिहिबार ९:३:३२
१४ भदौ, काठमाडौं । पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको नेपाली टोलीलाई काठमाडौं महानगरपालीकाका मेयर बालेन साहले हौसला प्रदान गरेका छन् ।
उनले समाजिक सञ्जालमार्फत उनले बाटो लामो छ तर सफलताका लागि हिड्नु पर्ने बाटो यहि हो । लगाउनु पर्ने हारहरुका मालाहरु पनि यीनै हुन् । प्रीय खेलाडी, व्यवस्थापक र समर्थकहरू ! हामी हिँडेको बाटो गलत छैन,भन्दै एसिया कप क्रिकेटमा नेपाली टोलीलाई हौसला प्रदान गरेका हुन् ।
उनले लेखेका छन्,एकपल्ट नेपालका सार्वकालिक खेलाडी पारस खडकाज्युसँग कुरा भएको थियो मेरो । उहाँ भन्नु हुन्थ्यो, ’२००८ ताका हामीलाई युएईको बलरसँग खेल्न एकदम गाह्रो हुन्थ्यो । बलको पेस र स्विङले गर्दा बल कहाँदेखि आउथ्यो हामीलाई थाहा नै हुन्न थियो । हामी उनीहरूसँग खेल्दै गयौँ । सिक्दै गयौँ । अहिले एसोसिएट देशहरुमा हाम्रो अवस्था फरक छ ।
हिजो पाकिस्तानसँगको खेल पनि हामीले देख्दा पारसजीले भने जस्तै रहेको देखियो । हामीलाई पाकिस्तानी खेलाडिका तिव्र बलको सामना गर्न अलिक मुस्किल नै पर्यो । बाबर आजम जस्ता खेलाडीलाई बलिङ गर्नु पर्दा हाम्रा खेलाडीहरुलाई सुरुवातमा केहि धक रहे जस्तो देखियो ।
तर हामीले हिजोबाट सिकाइको नयाँ चरण भोग्यौँ । त्यो सिकाइले हामी भारतसँग खेल्न केहि सहज बनाउनेछ । अझै यस्तै विश्वस्तरिय टिम र खेलाडीहरुसँगको सिकाइले केही बर्षमा नै युएईहरुसँग सिकेर हामीले एसोसिएट मुलुकसँग राम्रो खेल्न सके जस्तै भारत,पाकिस्तान जस्ता देशहरुसँग पनि अवश्य राम्रो गर्ने छौँ ।
बाटो लामो छ तर सफलताका लागि हिड्नु पर्ने बाटो यहि हो । लगाउनु पर्ने हारहरुका मालाहरु पनि यीनै हुन् । प्रीय खेलाडी, व्यवस्थापक र समर्थकहरु ! हामी हिडेको बाटो गलत छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार