एसिया कपमा आज श्रीलंका र बंगलादेश भिड्दै, कुन टीम कति बलियो ?
नेपालबहस संवाददाता
भदौ १४, २०८० बिहिबार ११:३३:७
१४ भदौ, काठमाडौ । एसिया कपको दोस्रो खेल आज घरेलु टोली श्रीलंका र बंगलादेशबीच हुँदैछ । श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुँदैछ । साविक विजेता श्रीलंकाले बंगलादेशलाई आफ्नो होम ग्रउण्डमा हराएर एसिया कपको शुरुवात जीतका साथ गर्न चहन्छ ।
यी दुई टोलीले आफ्ना प्रतिद्धन्द्धीहरुसँग खेलेका पछिल्ला ५ खेल हेर्ने हो भने बंगलादेशले ३ वटा खेल जितेको छ भने २ वटा खेल हारेको छ । श्रीलंका भने राम्रो लयमा देखिएको छ उसले आफ्ना ५ वटा खेलमा ५ वटै खेलमा जीत निकालेको छ । श्रीलंकाको टोली भने अहिले युवा टोली छ र यसले विश्व क्रिकेटमा अहिले राम्रो प्रदर्शन गरिरहेको छ ।
यी दुई टोलीले २०२१ भन्दा यता खेल खेलेका छैनन् । पछिल्ला ५ भेटमा बंगलादेशले दुई खेलमा जीत निकालेको छ भने ३ खेलमा श्रीलंकाले जितेको छ । यी दुई टोलीको हेडटु्हेड हेर्ने हो भने जम्मा ५१ खेल खेलेका छन् जसमा ४० खेल श्रीलंकाले जीतेको छ भने ९ खेलमा बंगलादेश विजयी भएको छ । २ वटा खेलमा नतिजाविहीन भएको छ । श्रीलंकाको पल्लेकेलेमा भने एउटा खेल खेलेका छन् जसमा श्रीलंका विजयी भएको थियो ।
यसरी यी दुई टोलीको भेटको विश्लेषण गर्दा बंगलादेश भन्दा श्रीलंकाको टीम बलियो देखिन्छ । श्रीलंकालाई हराउँन बंगलदेशलाई निक्कै मुस्किल देखिएको छ । यता श्रीलंकाले होम क्राउडको फाइदा पनि उठाउन सक्छ । एसिया कपको आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि अधिकांश खेलहरू श्रीलंकामा हुँदै छन ।
एसिया कपमा नेपालसहित अफगानिस्तान, बंगलादेश, पाकिस्तान, श्रीलंका र भारत रहेका छन् । एसिया कपको भारत र पाकिस्तान प्रमुख दावेदार भनिए पनि साविक विजेता भने श्रीलंका हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार