६० किलो सुन तस्करीको अनुसन्धानमा सीआईबीले अधिकृतको नेतृत्वमा टोली भारत पठाउने
विमानस्थलमा खाडीबाट फर्किएका कामदारबाट मात्रै दैनिक ३५ केजी सुन बरामद !
नेपालबहस संवाददाता
भदौ १४, २०८० बिहिबार ११:५७:१६
१४ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धान गर्न एक अधिकृतको टोली भारत पठाउने भएको छ । बिहीबार नै अनुसन्धान अधिकृतलाई टोलीसहित भारत पठाउने तयारी भइरहेको छ ।
यसअघि मंगलबार मात्र सीआईबीले कार्यालयका एसएसपी दिनेश आचार्यलाई प्रकरणको अनुसन्धानका लागि हङकङ पठाइसकिएको छ । तस्करीमा तस्करको अन्तरदेशीय संजाल नै सक्रिय रहेको सुइको पाइएपछि सीआईबीले नेपाल उडान भर्ने ट्रान्जिट मुलुकहरुसँग समन्वय गरेर तस्करीको जरोसम्म पुग्ने कोशिस गरेको छ ।
तस्कर गिरोहका नाइकेसम्म पुगेर तिनलाई इन्टरपोलमार्फत खोजी गर्ने वातावरण बनाउने योजनाअनुरुप सीआईबीले नेपालको हवाइ ट्रान्जिट प्वाइन्ट रहेका मुलुकमा पुगेर अनुसन्धानलाई फराकिलो बनाउँदै लगेको छ ।
हङकङ पठाइएका टोली नेतृत्वको नाम सार्वजनिक गरेपनि भारततर्फका भने केही खुलाइएको छैन ।
प्रकरणमा नेपालबाट पक्राउ परेको चिनियाँ ७ जनामध्ये केही अभियुक्त यसअघि भारतमा ठूलो मात्रामा सुन तस्करीमा संलग्नताको आरोपमा लामो समय जेल बसेर छुटेकाे पाइएको छ ।
गएको साउन २ हङकङबाट काठमाडौं आएको विमानबाट मोटरसाइकलको दर्जनौं संख्यामा ब्रेकशुमा लुकाएर ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उम्काइएपनि भन्सार विभागले सिनामंगलबाट नियन्त्रणमा लिएको थियो । पछि उक्त ब्रेक-शु नेपाल राष्ट्र बैंकको तक्सर विभागले सुरक्षाकर्मीको रोहबरमा पगालेर तौल लिँदा ६० केजी ७१६ ग्राम सुन ठहरिएको थियो । उक्त परिमाणको सुन ‘रेडी ट्रेड प्रालि’ले मगाएको ब्रेक-शुमा भेटिएको हो ।
गत पुष १० मा तस्करले विद्युतीय चुराे (भेप)काे रूप बनाएर ९ केजी सुन तस्करी गरेकाे पाइएकाे सीआईबीकाे प्रतिवेदनले पहिल्यै जनाइसकेकाे छ । जुन प्रकरणमा हिजाे मात्र पूर्वसभामुख कृष्णबहादुर महरा पुत्र राहल सीआईबीले पक्राउ गरिसेकेकाे छ ।
सोही प्रकरणमा भन्सार विभाग र पछि सीआईबीको टोलीले गरी ७ चिनियाँसहित २४ जनालाई पक्राउ गरिसकेको छ । पाल्पाका एक जना गणेश पौडेललाई बुधबार मात्र पक्राउ गरेको थियो । नेपालमा हवाई मार्ग भएर हङकङ र दुबईबाट सुन तस्करी हुने गरेको पाइएको छ । खाडीमा मजदुरी गरेर फर्किएकाहरूबाट तस्करले बाेकाएर पठाइएका सानाे परिमाणकाे सुन मात्र विमानस्थलमा दैनिक ३५ केजीसम्म बराम हुने गरेकाे विमानस्थल स्राेतले जनाएकाे छ ।
कामदारले घाँटी लगाएका सिक्री, हातका औंठी, चुरा समेत नियन्त्रणमा लिन थालिएकाे गुनासाे कामदारहरूले गरेका छन् । जब कि काँचाे सुन ५० ग्रामसम्म कामदारले ल्याउन पाउने छुट कानूनले दिएकाे उनीहरूकाे भनाइ छ । भिजिट भिसामा विदेश घुमेर फर्किएका सुजाता गिरीकाे ३ ताेलाकाे सिक्रीकाे भन्सार तिराएकाे विषयकाे संसदमा समेत विराेध भएकाे थियाे ।
विभिन्न वस्तुमा सुनको राखेर लुकाईछिपाई तस्करी भइरहेको पाइएपछि अहिले विमानस्थलका चेकजाँच कडाइ गरिएको छ । पक्राउ परेका केही अभियुक्तसमेतकाे संलग्नतामा खाेलिएकाे रेडी ट्रेड प्रालिको नाममा यस्तै प्रकारका कार्गो यसअघि ३५ पटक भित्रिएको पाइएको सीआईबीको दाबी छ । त्यसमाथि पनि अनुसन्धान केन्द्रित गरिएको छ ।
ठूलो परिमाणमा तस्करीका सुन बरामद भएपछि विमास्थल भन्सारमा ’माथिकाे‘ निर्देशनमा चेकजाँचमा कडाइ गरिएपछि ‘तानव भएको’ बताएर विमानस्थल भन्सारका ३५ अधिकृतसहित १३५ कर्मचारीले कर्मचारीले बुधबार मात्र हाकिमलाई निवेदन लेखेर सामूहिक सरुवाको माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार