पाकिस्तानसँगकाे खेल लगत्तै श्रीलंका पुग्याे नेपाली राष्ट्रिय क्रिकेट टिम
नेपालबहस संवाददाता
भदौ १४, २०८० बिहिबार १२:५०:४३
१४ भदाै, काठमाडाैं । एसिया कप २०२३ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका पुगेको छ । बुधबार आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो ।
सो खेल लगत्तै नेपाली क्रिकेट टोली चार्टर फ्लाइटमा श्रीलंकातर्फ लागेको हो । नेपालले भारतसँग भदौ १८ मा खेल्नेछ । खेल श्रीलंकाको क्यान्डीमा हुनेछ । समूह ‘ए’ को बाँकी खेल खेल्न पाकिस्तान र नेपाली टोली बिहीबार बिहान ३ बजे एउटै चार्टर फ्लाइटमा कोलोम्बोतर्फ लागेका हुन् । नेपाली टोलीलाई श्रीलंका क्रिकेटले स्वागत गरेको थियो ।
पाकिस्तानले आफ्नो चीर प्रतिद्वन्द्वी भारतविरुद्ध शनिबार क्यान्डीमा खेल्दै छ । प्रतियोगितामा भारतको यो पहिलो खेल हुनेछ । त्यसको दुई दिनपछि भारतले क्यान्डीमा नेपालविरुद्ध खेल्ने छ । क्यान्डीमा हुने यी दुवै खेल वर्षाले प्रभावित हुने सम्भावना देखिएको छ ।
बाबर आजमको १ सय ५१ र इफ्तिखार अहमदले अविजित १ सय ९ रन बनाएपछि पाकिस्तानले एसिया कपको उद्घाटन खेलमा नेपालविरुद्ध ६ विकेट गुमाई ३ सय ४२ रन बनाएको थियो । नेपाल २४ ओभरभित्र १ सय ४ रनमा अलआउट भएको थियो । नेपालमाथिको ठूलो विजयले पाकिस्तानको सुपर फोरमा पुग्ने सम्भावना बलियो बनिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार