नेपाली विद्यार्थी विदेश अध्ययनमा राम्रा कलेज भएर होइन, त्यतै बस्न गइरहेका छन् : अर्थमन्त्री महत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ १४, २०८० बिहिबार १३:२८:५३
१४ भदौ? काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेपाली विद्यार्थी विदेश अध्ययनका लागि विदेशमा राम्रा कलेज भएर नभई त्यतै पलायन हुन गइरहेको बताएका छन् । बिहीबार काठमाडौंमा पर्यटक बस टिकट एप सार्वजनिकीकरण कार्यक्रममा मुख्य अतिथिको रुपमा बोल्दै मन्त्री डा. महतले नेपाली विद्यार्थीमा ७÷८ कक्षादेखि १२ कक्षा सकेपछि विदेश जाने धारणा बनेको बताए ।
उनले देशभित्रै बसेर रोजगारी वा ब्यापार, उत्पादन गर्नेभन्दा विद्यालय तहबाटै विदेश जाने सपना पाल्न थालेका कारण विश्व विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थी न्युन हुँदै गएको उनको भनाइ छ । शिक्षा प्रणालीलाई आफ्ना नागरिकलाई देशभित्रै बसेर उत्पादन गर्ने र विदेशीलाई वस्तु बचेर आफू र देशलाई धनी बनाउने विषयमा केन्द्रित गर्नुको विकल्प नरहेको उनले बताए ।
उनले क्यानडा, अष्ट्रेलिया, बेला, अमेरिका, जापान, युरोपियन मुलुकहरुमा आफूले नेपाली विद्यार्थीको बसोबास, रहनसहन र सोचाई राम्रोसित देखेको बताए । ‘कक्षा १२ सक्ने बित्तिकै नेपाली विद्यार्थी विदेश अध्ययनमा त्यहाँका कलेज राम्रा भएर होइन कि त्यहाँ गएपछि जीवन स्तर राम्रो हुने र राज्यबाट सुविधा पाउने लोभ गइरहेका छन्’ मन्त्री महतले भने, ‘त्यहाँ पुगेकाहरु सबै त्यते पलायन भएका छन्, । देश बिर्सेका छन्, उल्टै आमाबाबु, नातागोतालाई समेत तानेर देशका सम्पत्ति लगिरहेका छन् । यो विल्कुल राष्ट्रियताको दृष्टिले पनि सुहाउने विषय होइन ।’
विद्यार्थी विदेश पलायन रोक्नेबारे सरकारले सोचिरहेको उनले बताए । ‘यहाँ गणित, विज्ञानका दक्ष शिक्षक पाउन सकिरहेको छैन, सबै विदेश गाको छ गाको छ, यो तरिका राम्रो होइन’ उनले भने, ‘विदेश पढ्न गएर पनि पढे त राम्रै हुन्थ्यो, काम र सुविधायुक्त बसोबासमा लागेका छन् । ति देशका कलेज पनि पढाई भन्दा पनि काम र अप्रवासनका लागि जोड दिएका छन् ।
इन्जििनियरिङ, विज्ञान, मेडिकल शिक्षा नेपालमै राम्रो छ, उत्कृष्ट विश्वविद्यालय यही छन् । तैपनि विदेश किन गइरहेका छन्’ उनले भने, ‘अष्ट्रेलिया, क्यानडा, बेलाइत, अमेरिकामा जान पाए सधैंका लागि त्यही बस्ने, देशतिर फर्केर पनि नहेर्ने संस्कारको विकास भएकाले हो ।’
सरकारले देशभित्र विदेशी पर्यटक व्यापक मात्रामा भित्र्याउन काम गरिरहेको र यसमा नागरिक र व्यवसायीबाट सक्दो सहयोग हुनुपर्ने बताए । ‘धेरैभन्दा धेरै पर्यटक ल्याउने भन्या छन्, तर बस्ने ठाउँ, खानेकुरा, पर्यटक गन्तव्य, हवाई र सडक यातायात भरपर्दो, सुविधायुक्त बनाउन सकेका छैनौं । त्यसैले नागरिकले देशभित्रै बसेर शिक्षा, व्यापार, उत्पादन गर्न जरुरी छ ।’ यसनिम्ति सरकारले पर्यटन क्षेत्रमा महत्वपूर्ण कार्यक्रम ल्याएको उनको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिस
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार