उदयपुरका नेवार समुदाय लाखे नाच संरक्षणमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ १४, २०८० बिहिबार १४:५७:३
![](https://nepalbahas.prixacdn.net/media/albums/lakhey_dcBr2emgIf_WNPvwgoNxT.jpg)
१४ भदौ, उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले प्रत्येक वर्ष मनाउँदै आएको लागे जात्रा आज जनै पूर्णिमादेखि मनाउन सुरु गरेका छन् ।
नेवा पुचका जिल्ला सचिव गोपाल श्रेष्ठका अनुसार यो नाच नेवार समुदाय बसोबास गर्ने सबै क्षेत्रका आआफ्ना गाउँमा साउन कृष्ण अष्टमीसम्म प्रदर्शन गरिन्छ ।
उनका अनुसार आज त्रियुगा नगरपालिका क्षेत्रको गाईघाट, जोगिदह, चौदण्डीगढीको बेल्टार, बेलका नगरपालिकाको रामपुर लालबजार र कटारी नगरपालिकाको कटारी बजारमा लाखे नाच प्रदर्शन गरिएको छ ।
उक्त समुदायका घरमा यसअघि मृत्यु भएका व्यक्तिको संझनामा घरबाट लाखे नाच सुरु गर्ने गरिएको नेवा पुचका अध्यक्ष हरि श्रेष्ठले बताए ।
पहाडी क्षेत्रको खोटाङ, भोजपुर, ओखलढुङ्गा, काठमाडौं, ललितपुर र भक्तपुरबाट बसाइँसराई गरेर कटारी, गाईघाट, चौदण्डीगढीको बेल्टार क्षेत्रमा बसोबास गर्दै आएका नेवार समुदायले यो पर्वलाई निरन्तरता दिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस महामन्त्री गगन थापाले महाकुम्भमा स्नान
फागुन ५, २०८१ सोमबार
देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न
फागुन १, २०८१ बिहिबार
आठौँ शताब्दी पुरानो माधवनारायण मेला एक महिनामा सम्पन्न
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार