एमसीसी परियोजना स्वाधीनतामाथि हस्तक्षेप हो, स्वीकार्य छैन : विप्लव
नेपालबहस संवाददाता
भदौ १४, २०८० बिहिबार १६:१:२७
१४ भदौ, काठमाडौं । समाजवादी मोर्चाका एक घटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘ विप्लव’ले अमेरिकाको एमसीसी सहयोग परियोजना राष्ट्रियतामाथिको हस्तक्षेप रहेको भन्दै स्वीकार्य नहुने बताएका छन् ।
मोर्चाले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै परियोजना स्वाधीनतामाथिको अतिक्रमण भएको भन्दै नेपाली जनताले यसको कार्यान्वयन हुनबाट रोक्ने बताए । उनले परियोजना निस्वार्थ र सदभावयुक्त सहयोग वा अनुदान नरहेको भन्दै अमेरिकाले साम्राज्यवादी सामारिक स्वार्थ पूरा गर्न आफ्नो सेना तैनाथ गराउने चेष्टासाथ एमसीसी लिएर प्रवेश गरेको बताए ।
‘स्वतन्त्र र स्वाभिमानी नेपालीसँग स्वार्थ बोकेको अमेरिकाको प्रवेशलाई रोक्नुको विकल्प छैन’ उनले भने, ‘रोकेनौं भने नेपालीमाथि देशभित्रै विदेशीले बुट बजार्नेछन् । यसमा सम्पूर्ण राजनीतिक दल गम्भीर बन्नै जरुरी छ ।’ वीर पुर्खाले कहिल्यै नेपाललाई पराधीन हुन नदिएको इतिहासलाई भविष्यसम्म कायम राख्ने थप बलियाे बनाउने कर्तव्य आमनेपालीको भएको उनको भनाइ छ ।
सभामा अन्य घटकका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् । बुधबारदेखि एमसीसी सम्झौता कार्यान्वयनमा आएसँगै नेकपालगायत विभिन्न दल सडक संघर्षमा उत्रिएका छन् । उनीहरुले कुनैपनि हालतमा सम्झौता कार्यान्वयन नुहन नदिने बताइरहेका छन् ।
उनले प्रधानमन्त्री प्रचण्डलाई हप्ता दिनभित्र जेल हाल्ने कुरा सुनेको बताउँदै सरकारको नेतृत्वसमेत असुरिक्षत रहेको हल्ला चलाउने देशमा नागरिकको सुरक्षा अहिलेको व्यवस्थाले गर्न नसक्ने उनको भनाइँ छ । देशमा समाजवादी व्यवस्था स्थापना गर्न सबै एकजुट हुन समेत अपिल गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
असोज ६, २०८१ आइतबार
जनमोर्चाले सङ्घीयताको खारेजीका लागि राजधानी केन्द्रित आन्दोलन गर्ने
असोज ६, २०८१ आइतबार
प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्व सूचना सटिक रुपमा दिन सकिछ : मन्त्री पाण्डे
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
कुलमान र उपसभामुखलाई हटाउन खोज्दा सरकार सुरुमै असफल भयो : प्रचण्ड
असोज ५, २०८१ शनिबार
कुनै पनि निकायबाट बजेट नपर्दा दुई वर्षदेखि खेलमैदान अलपत्र
असोज ६, २०८१ आइतबार
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
असोज ६, २०८१ आइतबार
सत्ता पक्षका सांसदको असहमतिबीच पारित भयो सुदूरपश्चिम सरकारको बजेट
असोज ६, २०८१ आइतबार
रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ?
असोज ६, २०८१ आइतबार
जनमोर्चाले सङ्घीयताको खारेजीका लागि राजधानी केन्द्रित आन्दोलन गर्ने
असोज ६, २०८१ आइतबार