सुरक्षा खतरा आएपनि भ्रष्टाचारविरुद्धको लडाइँ रोकिँदैन : प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
भदौ १४, २०८० बिहिबार १६:२९:३५
१४ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको लडाइँ नरोकिने बताएका छन् ।
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा आज समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ जारी रहेको र यो कुनैपनि हालतमा नरोकिने स्पष्ट पारे । उनले सरकारले लिएको कदमलाई सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने बताए ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले लडाई आगामी दिनमा थप पेचिलो बन्ने र सरकारलाई सफल पार्न चाहने शक्ति थप आक्रोशित हुन सक्ने भएकाले नागरिक तहबाट आवश्यक सतर्कता अपनाउन जरुरी रहेको बताए । सबैखाले तस्करी र भ्रष्टाचारलाई निर्मूल पार्न आफूले अनुसन्धानका क्रममा आफ्नै पार्टीका नेता कार्यर्ता परेपनि नछाड्न निर्देशन दिइसकेको बताए ।
उनले अहिले आफूले राम्रो काम मात्र गर्ने, नराम्रो गर्नेलाई कानूनको दायरामा ल्याउने अभियान जारी रहेको बताउँदै यसक्रममा सुरक्षाको खतरा आएपनि आफू किंचित पछाडि नहट्ने बताए । राम्रो काग गर्दा जनताबाट सहयोग पाउनेमा आफू ढुक्क रहेको उनको भनाइ छ ।
मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेकपा सम्मिलित छन् । मोर्चाको सातै प्रदेशमा सन्देशसभा गर्ने पूर्वघोषित कार्यक्रमअनुरुप आज कर्णालीका लागि वीरेन्द्रनगरमा सभा आयोजना गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार