तातोपानी नाका आजदेखि सर्वसाधारणका लागि खुल्ला
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार ११:७:१०
१५ भदौ, सिन्धुपाल्चोक । चीनसँगको मुख्य व्यापारिक तातोपानी नाका आजदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । विगत साढे ८ वर्षदेखि यो उत्तरी नाका सर्वसाधारण आवतजावतका लागि बन्द रहँदै आएको थियो । भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकादेखि सीमा क्षेत्र भोटेकोशीका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर मानव आवतजावत गराउँदै शुक्रबार बिहान नाकाको उद्घाटन गरिएको हो ।
अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म २ सय २७ निलो रंगको पास जारी गरेको छ । जुन पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकबासी मितेरी पुल पारीका क्षेत्रमा जान पाउने छन् । सुरुमा ३० जना र अहिले पास जारी भएका २ सय २७ नेपाली चिनियाँ क्षेत्र प्रवेश गरेका छन् ।
लामो समयपछि चिनियाँ क्षेत्र प्रवेश गर्न पाएपछि स्थानीय हर्षित देखिएका छन् । खासा व्यापारमा मात्रै निर्भर सीमाबासीलाई चिनियाँ क्षेत्र लिपिङपारी १५ वटा, रमिते र खासामा ५ वटा पसल सञ्चालन गरिएको छ । स्थानीयले ती पसलमा गएर कपडा र घरायसी सामान किन्न पाउँछन् ।
यसअघि १५ जेठ २०७६ मा आयात र गएको वैशाख १८ देखि यो नाकाबाट निर्यात खुला भएको थियो । नेपाल–चीनका अधिकारीबीच नाका सञ्चालनका लागि ल्हासा, काठमाडौं र सीमाना लिपिङमा चरणबद्ध बैठक भएका थिए । भूकम्प र बाढीपहिरोले सीमा पुग्ने कोदारी राजमार्ग जीर्ण छ ।
कोरोना महामारीले लगभग तीन वर्ष आयात पनि अनियमित बनेको थियो । सरोकारवाला सबैले तातोपानीबाट तिब्बतको कैलाशमान सरोवर जान पनि नेपाल सरकारमार्फत चीन सरकारसँग कूटनीतिक संवाद जारी राखेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले असोज पहिलो सातामा गर्ने चीन भ्रमणमा यसबारे कुरा हुने विश्वास गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
असोज ६, २०८१ आइतबार
वीरगञ्ज भन्सारमा एक अर्बले बढ्यो राजश्व, दुई महिनामा साढे २५ अर्ब संकलन
असोज ५, २०८१ शनिबार
राजश्व संकलनमा सुधार, दोस्रो महिनासम्ममा १४ अर्ब ८९ करोड भयो पुँजीगत खर्च
असोज २, २०८१ बुधबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद के हो ?
असोज ६, २०८१ आइतबार
नागरिक उड्यन प्राधिकरणका महानिर्देशकलाई बर्खास्त गर्न माग पोखरामा विरोध प्रदर्शन
असोज ६, २०८१ आइतबार
वृद्धको हत्या आशंका गरिएका ज्वाइँ पक्राउ
असोज ६, २०८१ आइतबार
कुनै पनि निकायबाट बजेट नपर्दा दुई वर्षदेखि खेलमैदान अलपत्र
असोज ६, २०८१ आइतबार
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
असोज ६, २०८१ आइतबार
सत्ता पक्षका सांसदको असहमतिबीच पारित भयो सुदूरपश्चिम सरकारको बजेट
असोज ६, २०८१ आइतबार