एमसीसी परियोजनाविरुद्ध नेकपाले भण्डाफोर र ‘मार्चपास’ चलाउने
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार ११:३६:१४
१५ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीका लागि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रभावित क्षेत्रमा भण्डाफोर र ‘मार्चपास’ कार्यक्रम चलाउने घोषणा गरेको छ ।
आजबिहान पार्टी कार्यालयमा बसेको स्थायी समितिको बैठकले एमसीसी सम्झौता कार्यान्वयन हुन नदिन पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको हो । जसमा सम्झौताको भण्डाफोर, गोष्ठी–अन्तरक्रिया र मार्चपास संचालन गरिने नेकपा कार्यालयले जनाएको छ ।
परियोजना संचालन हुने काठमाडौंको लप्सेफेदीबाट धादिड, नुवाकोट, मकवानपुर, तनहुँ, नवलपरासी, रुपन्देही लगायतका जिल्लामा भदौ १९ गतेदेखि २३ गतेसम्म अन्तरक्रिया र गोष्ठी हुनेछन् । ती कार्यक्रम देशभक्तहरूको संयुक्त रूपमा आयोजना गरिने र असंभव भएमा नेकपाले एकल रूपमा संचालन गर्ने भएको छ ।
त्यसपछि असोज १ देखि १५ गतेसम्म एमसीसीविरुद्ध देशभर सांस्कृतिक कार्यक्रमसहित मार्चपास अभियान सुरु हुनेछ । विभिन्न क्षेत्रमा गोष्ठी र अन्तरक्रिया संचालनका लागि नेतृत्व तोकिएको छ । कार्यक्रमका लागि पोष्टरसमेत सार्वजनिक गरिएको छ । परियोजनालाई नेकपाले राष्ट्रघातीको संज्ञा दिँदै विरोध गर्दै आइरहेको छ ।
पाँच वर्ष सक्नुपर्ने परियोजना सरकारले यही बुधबारबाट एमसीसीका प्रतिनिधिको उपस्थितिमा कार्यान्वयन सुरु गरेको घोषणा गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार