चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार ११:५३:२०
१५ भदौ, काठमाडौं । नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् । चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन गरिएका हुन् ।
राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्र ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईँले निर्देशन गरेकी छन् । यस चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छिन् ।
चलचित्रमा राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति र समाजसँग जोडिएको विषयहरूलाई देखाइएको छ । केपी फिल्मको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतले अभिनय गरेका छन् ।
बिहीबारदेखि नै प्रदर्शनमा आएको अर्को चलचित्र ‘गणपति’ लाई सविन अधिकारीले निर्देशन गरेका छन् । उनकै लेखन रहेको सो चलचित्रमा निःसन्तान दम्पतीलाई भगवान् गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ ।
चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुस्कर गुरुङलगायतले अभिनय गरेका छन् । अभिनेता भुसालले चलचित्रमार्फत समाजको विकृतिलाई व्यङ्ग्य गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'मुभी लभर्स कम्युनिटी'ले 'आँखा'को विशेष प्रदर्शन गर्ने
असोज ३, २०८१ बिहिबार
फिल्म ‘मायावी’ को रिलिज मिति पछि सर्यो
असोज १, २०८१ मंगलबार
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को गीत सार्वजनिक
भदौ ३१, २०८१ सोमबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद के हो ?
असोज ६, २०८१ आइतबार
पोखरामा भ्रष्टाचारविरुद्ध ठूलो विरोध प्रदर्शन
असोज ६, २०८१ आइतबार
वृद्धको हत्या आशंका गरिएका ज्वाइँ पक्राउ
असोज ६, २०८१ आइतबार
कुनै पनि निकायबाट बजेट नपर्दा दुई वर्षदेखि खेलमैदान अलपत्र
असोज ६, २०८१ आइतबार
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
असोज ६, २०८१ आइतबार
सत्ता पक्षका सांसदको असहमतिबीच पारित भयो सुदूरपश्चिम सरकारको बजेट
असोज ६, २०८१ आइतबार