एकीकृत समाजवादीका सांसद चौधरी बैंकको कालोसूचीमा
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १२:१५:१७
१५ भदौ, दाङ । नेकपा एकीकृत समाजवादीका नेता, प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री मेटमनी चौधरी बैंकको कालोसूचीमा परेका छन् । एक व्यक्तिलाई दिएको एभरेष्ट बैंकको पाँच लाख रूपैँयाको चेक नसाटिएपछि उनी कालोसूचीमा परेका हुन् । गएको साउन १५ मा कालोसूचीमा परेका एकीकृत समाजवादीका नेता चौधरीको अझै फुकुवा नभएको स्रोतले बताएको छ ।
रिक्वेष्ट आईडी २८२४ ले उजुरी हालेपछि चौधरीलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो । कालोसूचीमा परेसँगै सबै बैंकमा रहेका उनको सबै खाता रोक्का गरिएको छ । खाता रोक्कासँगै ती बैंक खाताबाट पैसा झिक्न मिल्दैन । पैसा जम्मा गर्न भने मिल्छ ।
यस बारेमा सांसद चौधरीसँग सम्पर्क गर्दा उनले कुरा मिलिसकेको तर कालोसूची फुकुवा भने नभइसकेको बताए । आफू मन्त्री बन्नु भन्दा अगाडि केटाहरूले केही खर्च भएको भन्दै रकम मागेपछि चेक काटिदिएको तर पैसा नभएर बाउन्स भएको जानकारी दिँदै सम्भवतः आइतबार फुकुवाको निवेदन दिने जानकारी दिए ।
कहिले काँही वेवास्ता गर्दा समस्यामा परिने उनले बताए । । जुन व्यक्तिले उजुरी दिएपछि कालोसूचीमा राखिएको थियो, त्यही व्यक्तिले फुकुवाको लागि निवेदन दिएमा मात्रै कालोसूचीबाट फुकुवा हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार