१ हजार दरका ९५ थान नक्कली नोटसहित एक पक्राउ
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १४:९:६
१५ भदौ, मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ चुरीयामाई मन्दिर नजिकबाट रौतहट कटहरीया नगरपालिका-६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र सोही नगरपालिका-१ बस्ने २१ वर्षीय दिपेश दासलाई १ हजार दरका ९५ थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले धर्मेन्द्र र दिपेशलाई उक्त नक्कली नोटसहित नियन्त्रणमा लिई थप अनुसन्धानको क्रममा संलग्नता खुल्न आएका राक्सिराङ गाउँपालिका-२ बस्ने ४० वर्षीय बिजय तामाङलाई समेत पक्राउ गरेको छ ।
यसैबीच,डोल्पामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका-६ बस्ने २१ वर्षीय चिरन्जिबी बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बोहराले ती बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका-१ बगरस्थित घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार