देशमाथि चौतर्फी आक्रमण भइरहेका छन, यसलाई रोक्न कांग्रेस एक हुनुपर्छ र नेतृत्व लिनुपर्छः कोइराला
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १४:२९:५८
१५ भदौ, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देशमा चौतर्फी आक्रमण भएको बताएका छन् । देशमाथिको आक्रमण कांग्रेसमाथिको आक्रमण भएको भन्दै नेता कोइरालाले यस्ता आक्रमण रोक्न पहिले कांग्रेस एक हुनुपर्ने र देश बचाउन नेतृत्व लिनुपर्ने बताएका छन् । उनले देशमाथि भइरहेका आक्रमणलाई सामान्य नदेख्न दलहरुलाई आग्रह गरेका छन् ।
शुक्रबार दमौलीस्थित वीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता कोइरालाले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । कोइरालाले देशको आर्थिक, धार्मिक क्षेत्रमा, सांस्कृतिक र कूटनीतिक क्षेत्रमा आक्रमण भइरहेको बताए । उनले धार्मिक सहिष्णुता र संस्कृतिमाथिको आक्रमण निकै गम्भीर भएको बताए ।
उनले नेपाललाई असफल बनाएर आफ्ना स्वार्थसिद्ध गर्नका लागि देशका मुलभूत क्षेत्रलाई तहसनहस बनाउने कार्यमा नेपालीहरु नै प्रयोग भइरहेको बताए । अहिले कुनै पनि कुरा ठीक देखिएका छैनन् । यी कुरालाई ठीक बनाउन सक्ने भनेको कांग्रेसले हो । कांग्रेसले नै नेतृत्व लिनुपर्छ, उनले भने । यसको समाधानका लागि जबसम्म कांग्रेसको नेतृत्व हुँदैन तबसम्म कठिन हुने उनको भनाइ छ ।
आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदान उत्रने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्नेमा भन्दै कोइरालाले भने, ‘सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब कांग्रेस एकढिक्का हुनुपर्छ । उपनिर्वाचनमा विजयी हुन नसके पनि निराश हुनुपर्ने अवस्था छैन् । तनहुँ कांग्रेसको गढ हो चिन्ता लिनुपर्ने अवस्था छैन तर नेतृत्वले एक ढिक्का बनाउन प्रयत्नरत हुनुपर्छ ।’
तनहुँमा कांग्रेस बलियो भए यससँग जोडिएका छिमेकी जिल्लालाई समेत प्रभाव पर्ने भएकाले यहाँको नेतृत्व निराश नभई सशक्त बन्नुपर्नेमा डा कोइरालाले सुझाव दिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले लोकतान्त्रिक सरकार निर्माणमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए । उनले कांग्रेसलाई सशक्त बनाउनु नै अहिलेको आवश्यकता भएको बताए ।
जिल्ला बनाउनुका साथै देश बनाउने जिम्मेवारी अहिले तनहुँको नेतृत्वको काँधमा आएको उल्लेख गर्दै भण्डारी कांग्रेस संवेदनशील भएर अगाडि बढ्नुको विकल्प नरहेको बनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार