इजरायलमा हुने विश्व जुनियर च्याम्पियनसिपमा सहभागी हुने पौडी टोलीको विदाई
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १४:३७:७
१५ भदाै, काठमाडौं । इजरायलको नेतन्यामा आयोजना हुने वल्र्ड अक्वाटिक वल्र्ड जुनियर स्विमिङ्ग च्याम्पियनसिप २०२३ मा नेपाली टोली पनि सहभागी हुने भएको छ । च्याम्पियनसिपमा सहभागी हुने नेपाली पौडी टोलीलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले शुभकामना सहित बिदाई गरे ।
टोलीको बिदाई गर्दै सदस्य सचिव घिसिङ्गले खेलाडीले पुरानो इतिहासलाई हेरेर रमाउने नभइ आफैले नयाँ इतिहास कोर्नु पर्ने बताए । घिसिङ्गले खेलाडीहरुका लागि सहज बातावरण श्रृजना गर्न आफु हर समय लागि परेको बताए ।
यहि भदौ १८ देखि २३ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको ब्यवस्थापकमा जेनीफर लामा र प्रशिक्षकमा पौडीका प्रमुख प्रशिक्षक शंकर कार्की रहेका छन् ।
यस्तै खेलाडीहरुमा अजलकाजी ताम्राकार (५० मिटर बटरलाई र फ्रिस्टायल), इरभिन श्रेष्ठ (१०० र २०० मिटर फ्रिस्टायल), अल्भिन महर्जन (५० मिटर बटरलाई र १०० मिटर फ्रिस्टायल), उपास्ती महर्जन (५० र १०० मिटर ब्रेष्टस्ट्रोक), रोशा न्यौपाने (५० र १०० मिटर फ्रिस्टायल) र टिशा महर्जन (५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टायल) रहेका छन् ।
विदाई कार्यक्रममा संघका अध्यक्ष अशोक बज्राचार्य लगायतको उपस्थिति रहेको थियो । नेपाली टोली भोलि बिहान ७ बजे इजरायल तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
चीनको सिचुवान एयरलाइन्सको जहाज
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
पुष ११, २०८१ बिहिबार
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
पुष ११, २०८१ बिहिबार
छत्रकोटमा जीपलाइन सञ्चालन हुँदै
पुष ११, २०८१ बिहिबार
तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
पुष ११, २०८१ बिहिबार