विद्रोहीले थापेको धरापमा पाँच सैनिकको मारिए
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १५:३४:२१
१५ भदौ, मनिला । सन्दिग्ध विद्रोहीले थापेको विद्युतीय धरापमा परी फिलिपिन्समा पाँच जना सैनिकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
राजधानी मनिलाको दक्षिणपूर्वमा रहेको क्वेजोन प्रान्तमा शुक्रबार बिहान संदिग्ध न्यू पिपुल्स आर्मी 'एनपीए' विद्रोहीले थापेको विद्युतीय धरापमा परी सरकारी सेनाका पाँच जवानको मृत्यु हुनका साथै अन्य तीन जना घाइते भएका फिलीपिनी सेनाको दक्षिणी लुजोन कमाण्डका प्रवक्ता डेनिस कानाले बताएका छन् ।
देशका ग्रामीण क्षेत्रमा आक्रमण केन्द्रित गर्दै आएका विद्रोहीविरुद्ध कारवाही गर्न ट्यागकावायन सहरमा गइरहेका बेला उक्त दुर्घटना भएको जनाउँदै प्रवक्ता कानाले उक्त क्षेत्रमा विद्रोहीविरुद्धको कारवाहीलाइ अझ सशक्त बनाउन थप सैन्यबल परिचालन गरिएको बताएका छन् ।
सन् १९६९ देखि एनपीए विद्रोहीहरू जनसाधारण, सशस्त्र बललगायत सुरक्षा निकायका सदस्यलाई आक्रमण गर्दै आएका छन् । सैन्य तथ्याङ्कअनुसार एनपीएमा दुई हजारको हाराहारीमा सदस्यहरू छन् । सन् ८० को दशकमा यो समूहसँग २० हजार सदस्य आबद्ध थिए ।
क्रान्तिकारी विद्रोहको माध्यमबाट सत्ता हासिल गर्न सकिन्छ भन्ने कम्युनिष्ट पार्टी एनपीएले ५४ वर्षदेखि सञ्चालन गरेको छापामार युद्धमा ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ?
असोज ६, २०८१ आइतबार
मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ
असोज ६, २०८१ आइतबार
मोदी र बाइडेनबीच भेटवार्ता
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद के हो ?
असोज ६, २०८१ आइतबार
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित
असोज ६, २०८१ आइतबार
पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ?
असोज ६, २०८१ आइतबार
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव
असोज ६, २०८१ आइतबार
भारतमा एक हजार र बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दै नेपाल
असोज ६, २०८१ आइतबार
पातको व्यापार गर्दै स्थानीय महिला
असोज ६, २०८१ आइतबार