युग सुहाउँदो प्राविधिक शिक्षा आवश्यक
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १५:४३:२०
१५ भदौ, काठमाडौं । ई–लर्निङ बक्स (लुमा डिभाइस) का बारेमा हालै अन्तरक्रिया गरिएको छ । जिल्ला समन्वय समिति लमजुङको आयोजनामा बेंसीशहरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका सदस्य भेषबहादुर पौडेलले अहिलेको युग सुहाउँदो प्राविधिक शिक्षा आवश्यक रहेको भन्दै राज्यले शिक्षा क्षेत्रमा लगानी बढाउनु पर्नेमा कुरामा जोड दिए । बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले शिक्षा क्षेत्रमा लुमा डिभाइसले महत्वपूर्ण भूमिका खेलेकोले साझेदारीमा काम गर्न सकिने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मध्यनेपाल नगरपालिकाका उपप्रमुख सीता गुरुङ, दि डेप्लवमेन्ट फण्ड नर्वेका लागि नेपाल प्रतिनिधि योगी कायस्थ, वरिष्ठ लेखक तथा मदन पुरस्कार विजेता युवराज नयाँघरे, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख बीरबहादुर गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा लुमा डिभाइसमा पढाइरहेका विद्यालयको तर्फबाट अन्नपूर्ण माध्यमिक विद्यालयका शिक्षक थमनसिंह राना र गंगा मिलन माविका विदार्थी अश्विन रिमालले लुमा डिभाइसले पठनपाठनलाई प्रभावकारी भएको बताए । अन्तरक्रिया कार्यक्रममा लुमाका प्रतिनिधि नन्दलाल भण्डारीले लुमा डिभाइसको सुरुवात र प्रभाव तथा कार्यक्रममा उठेका जिज्ञासाका बारेमा प्रकाश पारेका थिए, भने लुमाका कन्ट्री म्यानेजर कविन्द्र मानन्धरले लुमा डिभाइसको प्रयोग र पठनपाठन कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराएका थिए ।
लमजुङमा लुमा कार्यक्रम गत वर्षबाट सुरुवात भएको हो । गत वर्ष तालिम दिएर लमजुङका ९ वटा विद्यालयलाई लुमा डिभाइस वितरण गरिएको थियो । मंगलबारको कार्यक्रमबाट भने लमजुङमा धेरै पालिका र विद्यालयले लुमा डिभाइस अपरिहार्य रहेको भन्दै आ–आफ्नो पालिका र विद्यालयमा पनि लागू गर्नु पर्नेमा सहभागीले जोड दिएका थिए ।
कार्यक्रममा राइनास नगरपालिकाका प्रमुख खड्काबहादुर गुरुङ, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, उपप्रमुख जुनामाया थापा, क्ब्होलासोथार गाउँपालिकाका अध्यक्ष सुर्यप्रसाद गुरुङ, सुन्दर बजार नगरपालिका उपप्रमुख भवानी केसी, दुधपोखरी गाउँपालिकाका उपप्रमुख क्षेत्रबहादुर गुरुङ, पालिका शिक्षा शाखाका प्रमुख, सरोकारवाला निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्चाल ‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत
कात्तिक २१, २०८१ बुधबार
एआईले के मानिसजस्तै सोच्न सक्छ ?
कात्तिक ११, २०८१ आइतबार
विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम हुँदा भाडादर गुणासम्म महङ्गो
कात्तिक २, २०८१ शुक्रबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
इन्सपेक्टर शाही जोडिएको घटनामा उच्चअधिकारी मुछिएपछि सीआईबीले थाल्यो अनुसन्धान
कात्तिक २२, २०८१ बिहिबार
लिलाबल्लभ अधिकारीः कोशीमा कानुनमन्त्री भएर छिरे, निस्कदा मानव तस्कर कहलिए
कात्तिक २२, २०८१ बिहिबार
लुम्बिनी प्रदेशः गौरवका आयोजना कार्यान्वयन प्राथमिकता
कात्तिक २३, २०८१ शुक्रबार
उमा गौरी सहकारी ठगी प्रकरणः राजनीतिक प्रभावले १० जनाविरुद्ध मात्रै जारी भयो पक्राउ पुर्जी
कात्तिक २३, २०८१ शुक्रबार
किरात संस्कृतिको संरक्षण गर्न साखेवा सिली प्रशिक्षण
कात्तिक २३, २०८१ शुक्रबार
भक्तपुरमा तराईको झल्को दिने छठ पर्व सम्पन्न
कात्तिक २३, २०८१ शुक्रबार
योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व गर्न सक्छ : डा जोन हेगलिन
कात्तिक २३, २०८१ शुक्रबार
कोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छ अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार