र्यान्डमले मनायो पुस्तक आदानप्रदानसहित पुस्तकालय दिवस
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १५:४५:३०
१५ भदौ, पोखरा । र्यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर १६ औँ राष्ट्रिय पुस्तकालय दिवस मनाएको छ । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा ५० जनाले एकआपसमा पुस्तक साटासाट गरेका थिए ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीका सदस्य खिम लामिछाने ‘काजी’ले पुस्तकालय दिवसको महत्त्वमाथि प्रकाश पारेका थिए । पुस्तक आदानप्रदानको सुरुवात संस्थापक गनेस पौडेलले गरेका थिए ।
यसैबीच नव गठित कार्यसमितिका पदाधिकारीहरूलाई निवर्तमान अध्यक्ष केशवशरण लामिछाने र संस्थापक गनेस पौडेलल पदस्थापन गराएका थिए । समितिका अध्यक्षमा रुपिन्द्र प्रभावी, उपाध्यक्ष गौरी तमु र अनुपमणि अधिकारी, सचिव नेपालप्रकाश अधिकारी, कोषाध्यक्ष ध्रव केसी र सहसचिव दीपक पराजुली रहेका छन् ।
सदस्यहरूमा बाबुराम सुवेदी, बाबुराम सुवेदी, विष्णु सुवेदी, रामजीप्रसाद आचार्य, अमृत सुवेदी, दुर्गा राना, एलिसा विक, रत्नाकुमारी विश्वकर्मा र खिम लामिछाने ञकाजीझ रहेका छन् । समितिको सल्लाहकारमा गनेस पौडेल, उपेन्द्र पौडेल र केशवशरण लामिछाने छन् भने पुस्तक छनोट समितिमा केशवशरण लामिछानेको संयोजकत्वमा विजय भण्डारी र हसिना बस्नेत रहेका छन् ।
सोसाइटीले पुस्तक दिवस र पुस्तकालय दिवसमा पुस्तक आदानप्रदानलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आफ्नो पहिलो मासिक नियमित कार्यक्रम आगामी भदौ ३० गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’ माथि परिचर्चा गर्ने सोसाइटीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार