काठमाडौं बिजनेस क्याम्पसले आधारभूत नेटवर्किङ तथा अपरेटिङ सिस्टमको निःशुल्क तालिम दिने
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १५:५२:४६
१५ भदौ, काठमाडौं । सम्बृद्धि स्कुलको स्वामित्व तथा व्यवस्थापनमा सञ्चालित वनस्थली, बालाजु स्थित काठमाडौं बिजनेस क्याम्पसले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थिहरूलाई एक महिने बेसिक नेटवर्किङ तथा अपरेटिङ सिस्टमको तालिम निःशुल्क दिने भएको छ ।
यही भदौ २१ गते बिहिबारदेखि दैनिक डेढ घण्टा सैद्धान्तिक तथा व्यावहारिक तरिकाले सिस्को सिस्टमबाट मान्यता प्राप्त प्रशिक्षकले उक्त तालिम सञ्चालन गर्ने छन् ।
अहिलेको डिजिटल विश्वमा सूचना प्रविधिको क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्नेहरूका लागि तथा यस क्षेत्रमा काम गर्न चाहनेहरूका लागि नेटवर्किङ तथा अपरेटिङ सिस्टमको ज्ञान र सीप अति महत्त्वपूर्ण तथा आवश्यक छ । यही उद्देश्यका साथ निःशुल्क तालिम कार्यक्रम सञ्चालन गर्न लागिएको क्याम्पसले जनाएको छ ।
यो तालिम सफलता पूर्वक सम्पन्न गरेपछि प्रशिक्षार्थीहरूले आधारभूत नेटवर्किङ तथा अपरेटिङ सिस्टमको सैद्धान्तिक र व्यावहारिक ज्ञान र सीप हासिल गर्नेछन । यस तालिममा सहभागी भई सफल हुने प्रशिक्षार्थीहरूले सिस्को सिस्टम्सले प्रदान गर्ने प्रमाणपत्र समेत पाउने छन् ।
१२ कक्षा उत्तीर्ण भई सूचना प्रविधिको क्षेत्रमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूले ९८५११३६१५७ मा फोन सम्पर्क गरी निःशुल्क तालिमका लागि भर्ना हुन सक्ने छन् । क्याम्पसका बीसीए कार्यक्रम संयोजक रामप्रसाद सुवेदीले ३५ देखि ४० जना विद्यार्थीलाई निःशुल्क तालिम उपलब्ध गराउने लक्ष्य रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार
हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार