एमसीसी परियोजना नेपालबाट चीन घेर्ने अमेरिकी अस्त्र हो : अझलनाथ खनाल
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १५:५९:५०
१५ भदौ, काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेपालमा हालै कार्यान्वयनमा आएको अमेरिकाको एमसीसी परियोजना चीनलाई घेरा हाल्ने रणनीति अनुसार नेपालभित्र सैन्य शक्ति स्थापना गर्न ल्याइएको विकास कार्यक्रम रहेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले विकासको नाममा नेपालले एमसीसी परियोजनाका लागि सम्झौता गर्नु नै गलत भएको बताए । अमेरिकाले आफ्नो विश्वमा शक्तिशाली बन्ने स्वार्थ र रणनीतिअनुरुप प्रमुख अस्त्रको रुपमा विकास कार्यक्रम ल्याएर नेपाल प्रवेश गरेको उनको भनाइ छ ।
‘विश्व आर्थिक सूचांकमा चीनलाई चारैतिरबाट घेरा हाल्न अन्यत्र सबैतिर सैन्य अखडा बनाउन सफल भइसकेको अमेरिकाले नेपाललाई सफ्ट भूमिको रुपमा प्रयोग गर्ने योजना पहिल्यै देखि हो’ उनले भने, ‘लामो समयको प्रयासपछि योपटक कार्यक्रम लागू गराएको छ । यो राष्ट्रियताको हिसाबले निकै क्षतिको विषय हो । विरोध गरेर असफल बनाउनुको विकल्प छैन ।’
उनले नेपाली भूमि कुनै छिमेकीविरुद्ध प्रयोग गर्न नदिने नीतिमा सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्ने बताए । एमसीसी परियोजना अमेरिकाको चीनलाई घेर्ने इण्डो प्यासिफिक सैन्य रणनीतिको अंग भएको ठोकुवा गरे ।
५०/६० अर्ब रुपैयाँका नेपालले आफ्नो स्वतन्त्रता र सार्वाभौमलाई दाउमा नराख्ने बताउँदै भने, ‘विद्युत प्रसारण लाइन बनाउन जब ५०/६० अर्ब रुपैयाँ लगानी नसक्ने अवस्था नेपालको हो ?’ उनले भने, ‘हरेक वर्ष १० अर्बका दरले लगानी गरेर एमसीसीले बनाउने प्रसारण लाइन नेपालले नै बनाउनुपर्छ । एमसीसी परियोजनालाई अस्वीकार गर्नुपर्छ ।’
खनालले आफू प्रधानमन्त्री रहेका बेला विभिन्न स्वार्थ समूहले अमेरिकाबाट के विषयमा सहयोग ल्याउन सकिन्छ भनेर कुरा आएको समेत खुलासा गरे । नेपालको हितमा बाहेक कुनैपनि सर्तमा सहयोग नलिने जवाफ दिएको उनले बताए ।
‘अमेरिकासँग सहयोग लिनै नहुने भन्ने नभएको तर देशको सार्वभौमविरुद्धका सर्तमा सहयोग स्वीकार्य हुँदैन’ खनालले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार