‘गणपति’ को ‘उनभित्र गुण’ को चर्चा
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १६:३५:१७
१५ भदौ, काठमाडौं । ‘गणपति’ फिल्मको स्याड गीत ‘उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला’ सोमबार ओएसआर डिजिटलमार्फत दर्शकमाझ ल्याइएको छ । केही दिन अघि सार्वजनिक फिल्मको ट्रेलरमा गीतको छोटो टुक्रा समाबेश गरिएको थियो । त्यसबाट नै यो गीत दर्शकको प्रतीक्षामा पर्न गएको हो ।
बाबुल गिरीको स्वर र संगीत अनि शंकर अधिकारी ‘घायल’ को शब्द रहेको गीतमा अहिलेसम्म करिब सवा एक लाख टिकटक बनीसकेका छन । दर्शकले पूरा गीतको माग गरेकाले लिरिकल रुपमा ‘उनभित्र गुण’ सार्वजनीक गरिएको जानकारी निर्देशक सविन अधिकारीले दिएका छन् ।
स्वदेशसहित एकसाथ बिश्व बजारमा एकसाथ भदौ १४ गतेबाट प्रदर्शन हुन लागेको फिल्मको प्रस्तुतकर्ता रामप्रसाद रिजाल र निर्माता लक्ष्मण रिजाल हुन् । सेभेन सिज इन्टरटेन्मेन्टले ले ओभरसिज, एफडि र श्रीराम बालाजी फिल्मस्ले नेपाल भरका हलमा बितरण गर्न लागेको फिल्म मिडिल इस्ट,न्युजील्याण्ड र अष्ट्रेलियाका हलमा भने १५ सेप्टेम्बरमा प्रदर्शन हुने पक्का भएको छ ।
निर्देशक सबिनकै लेखन रहेको फिल्ममा मुकुन भुसाल,मेनुका प्रधान,राजाराम पौडेल,सूर्यमाला खनाल,स्व.जयनन्द लामा,सुशील पोखरेल,प्रकाश घिमीरे,पुस्कर गुरुङ,अंशु मानन्धर,कविता न्यौपाने,देवेन्द्र बब्लु तथा कालु रानाको अभिनय छ ।
रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको फिल्मको कार्यकारी निर्मातामा बिज्ञान केसी र अर्बिन्द्र गिरी र सहनिर्मातामा चर्चित फिल्म एडिटर बनिष शाह छन् । शंकर अधिकारी घायल,देबेन्द्र बब्बु,बाबुल गिरी,अनिश अधिकारी र सबिन अधिकारीको शब्द अनि बाबुल गिरी र बिशाल निरौलाको संगीत रहेको फिल्ममा कबिराज गहतराजको कोरियोग्राफी,बिपीन मल्लको सम्पादन अनि हरि घले लामाको छायांकनमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'मुभी लभर्स कम्युनिटी'ले 'आँखा'को विशेष प्रदर्शन गर्ने
असोज ३, २०८१ बिहिबार
फिल्म ‘मायावी’ को रिलिज मिति पछि सर्यो
असोज १, २०८१ मंगलबार
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को गीत सार्वजनिक
भदौ ३१, २०८१ सोमबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद के हो ?
असोज ६, २०८१ आइतबार
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित
असोज ६, २०८१ आइतबार
पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ?
असोज ६, २०८१ आइतबार
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव
असोज ६, २०८१ आइतबार
भारतमा एक हजार र बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दै नेपाल
असोज ६, २०८१ आइतबार
पातको व्यापार गर्दै स्थानीय महिला
असोज ६, २०८१ आइतबार