माधव नेपालले सफाइ पाइसक्नुभयो, सुन तस्करीमा धेरै खालका मान्छे संलग्न छन् : प्रधानमन्त्री
बाबुराम भट्टराईबारे भने मौन
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १७:६:२७
१५ भदौ, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सफाइ पाइसकेको जिकिर गरेका छन् ।
शुक्रबार समाजवादी मोर्चाले पोखरामा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले ललिता निवास प्रकरणबाट नेपाल निर्दोष सावित भइसकेको बताए । प्रकरणमा सीआईले नेपालसँग घरमै पुगेर बयान लिएको थियो । नेपाल र बाबुराम भट्टराई प्रधानमन्त्री छँदा मन्त्रिपरिषदको निर्णयले ललिता निवासको १४३ रोपनी जग्गा कीर्ते लिखत तयार पारेर माफिया, मन्त्री, कर्मचारीको मिलेमतोमा विविन्न व्यक्तिको नाममा पास भएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको बेला सर्वोच्च अदालतले नेपाल र भट्टराईलाई नछुटाउन आदेश दिएपछि बयान लिइएको थियो ।
अन्य १७ अरोपीलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरेपनि दुई जनालाई भने कार्यालयसम्म पनि नबोलाई घरमै पुगेर बयान लिएपनि सरकारको चौतर्फी आलोचना भइरहेको छ । सरकारी वकिलकाे कार्यालय काठमाडाैंले दुवै जनालाइ सरकारी साक्षी मात्र बनाएकाे छ । मुद्दा नचलाउने निर्णय गरिसकेकाे छ । अन्य २१ अाराेपीमध्ये पक्राउ परेका १७ जनाकाे अदालती बयान आजै मात्र सकिएकाे छ ।
उनीहरूविरूद्ध पनि प्रहरीकाे प्रतिवेदनभन्दा बाहिर गएर कीर्ते कसुरमा मात्र मुद्दा चलाइएकाे छ । प्रहरीले संगठित अपराध कसुरमा ६० दिन हिरासतमा राखेर अनुसन्धान पूरा गरेर मुद्दा चलाउन राय दिए पनि त्यस कसुरमा मुद्दा चलाइएकाे छैन ।
आलोचनाकै बिच आज प्रधानमन्त्री प्रचण्डले नेपालले उन्मुक्ति पाइसकेको बताएका हुन् । प्रचण्डले ललिता निवास विषयमा नेपाल र आफूबीचको टेन्सन सधैंका लागि साफ भएको अभिव्यक्ति दिए । तर, भट्टराईका बारेमा भने उनी मौन बसेका छन् ।
उनी नेतृत्वको माओवादी केन्द्र, नेपाल नेतृत्वको एकीकृत समाजवादी, जसपा र सरकारबाहिर रहेको नेकपा मिलेर मोर्चा गठन भएको थियो । सोही मोर्चाले सात वटै प्रदेशमा सन्देशसभा गर्दै भ्रष्टाचार, तस्करी र मुलुका यसअघिका ठूला काण्डमाथि छानबिन गर्न आवाज उठाइहेको छ । सन्देशसभामा माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लवले सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले गा साउन २ मा भएको ६० केजी सुन तस्करी प्रकरणमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताए । सुन प्रकरण धेरै खालका गिरोहको संलग्न पाइएको उनले बताए । सामान्य मान्छेको सेटिङमा मात्र ठूलो परिमाणको सुन तस्करी हुन नसक्ने भन्दै धेरै खालका मान्छेको संलग्नता खुल्ने अवस्था देखिएको बताए ।
गत पुष १० मा भएको विद्युतीय चुरोटमा लुकाएर तस्करी भएको ९ केजी सुन प्रकरणमा भने उनकै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम मुछिएको छ । राहुलले अदालतबाट पक्राउ पूर्जी जारी भएपछि हिजो मात्र प्रहरीसामु आत्मसमर्पण गरेका छन् । बाबुलाई भने पक्राउ गरिएको छैन ।
नेपाल र भट्टराईलाई झैं कृष्णबहादुरलाई पनि उन्मुक्ति दिन खोजिएको टिप्पणी भइरहेकाे छ । सुन प्रकरणको अनुसन्धानका क्रममा दोषी देखिएका कसैलाई पनि नछाड्ने उनको भनाइ छ । प्रचण्डलाई देखे पनि नछाड्न निर्देशन दिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार