बालुवाटार जग्गा प्रकरणमा सीआईबीले माधव नेपाललाई निर्दोष सावित गरिसकेको छः प्रधानमन्त्री
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १८:४:४७
१५ भदौ, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारको ललितानिवास जग्गा प्रकरणामा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सफाइ पाइसकेको बताएका छन् । उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले निर्दोष सावित गरेको बताएका छन् । समाजवादी मोर्चाले पोखरामा आयोजना गरेको सन्देश सभामा प्रचण्डले माधव नेपाल निर्दोष सावित भइसकेको बताए ।
सीआईबीले बयान लिएर मुद्दा चलाउन नपर्ने भन्दै लिखित दिएकाले नेपाल निर्दोष सावित भएको प्रचण्डको भनाइ छ । सीआईबीले के हो भनेर नेपालसँग बुझेर बयान लिएर मुद्दा चलाउन नपर्ने भनेर लिखित दिएपछि बालुवाटर जग्गा प्रकरणमा उनको कुनै मुद्दा नरहेको प्रचण्डले बताए । भू–माफियाको जगजगी बढी हुँदा ललिता निवासको फाइल खोलिएको उनले बताउँदै उनले सुन तस्करी सामान्य नरहेको भन्दै यसमा धेरैथरीका मान्छेको संलग्नता रहेको उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको कुरा थाहा पाएपछि सरकारले अनुसन्धान सुरु गरेको बताए । सुन तस्करीमा धेरै खालका मान्छेहरुको सेटिङ छ । सेटिङ नभइकन त्यसरी सुन तस्करी हुने कुरा असम्भव हो’ प्रधानमन्त्री प्रचण्डले भने । ठूलो मात्रामा सुन तस्करी हुने गरेको थाहा पाएपछि त्यसमाथि अंकुश नलगाइ देशका अर्थतन्त्र सन्तुलित ढंगले अगाडि बढाउन नसकिने निष्कर्षसहित सरकारले त्यसमाथि कारवाही सुरु गरेको बताए ।
सरकारमा सुशासनतर्फ राम्रो काम भएको भन्दै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन पनि यसतर्फ सकारात्मक रहेको बताए । उनले आफ्नो नेतृत्वमा सरकार बन्दा खस्कँदो अर्थतन्त्रलाई उकास्न मौद्रिक र वितीय नीतिमार्फत संकटलाई समाधान गर्नतर्फ केन्द्रित रहेको बताए । अर्थतन्त्रमा सुधार आए पनि अझै केही समस्या बाँकी रहेको उनको भनाइ थियो ।
आफ्नो भनाइको धेरै समय माधव नेपालको बचाउमा खर्चिएका प्रधानमन्त्री प्रचण्डले कम्युनिस्टहरू एक ठाउँमा हुन जरूरी रहेको बताए । उनले समाजवादी मोर्चालाई मोर्चामै सीमित नराखी सबै कम्युनिस्टलाई जोडेर जाने सपना रहेको बताए । ’हाम्रो सपना समाजवादी मोर्चासँग मात्र सीमित रहँदैन, सबै कम्युनिस्ट जोडेर जान्छौं, राष्ट्रवादी, देशभक्त र समाजवादतर्फ आस्था राख्नेलाई जोडेर एउटै कम्युनिस्ट पार्टी बनाउने उद्देश्य राखेका छौं, आगामी दिनमा देशको नेतृत्व कम्युनिस्टले नै गर्नेगरी जानेछौं, उनले भने ।
एकता, संघर्ष र रूपान्तरण नै समाजवाद भएको भन्दै उनले कम्युनिस्ट एक ठाउँमा केन्द्रित हुन जरूरी रहेकोमा जोड दिए । मोर्चा विगतको जस्तो कमजोर नरहेको दाबी गर्दै उनले समाजवादी मोर्चा लामो समयसम्म चल्ने गरी बनाइएको बताए । हतारमा पार्टी एकता हुँदा दुर्घटनामा पुगिएको उल्लेख गर्दै उनले मोर्चा तत्काल पार्टी एकता गर्ने पक्षमा नरहेको पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार