नेकपा एस निकट अनेरास्ववियूद्वारा सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १७:५०:४१
१५ भदौ, महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरिएको छ । शुक्रबार नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले परीक्षा नियन्त्रक र सहायक परीक्षा नियन्त्रकको कार्यकक्षमा तोडफोड गरेको हो । परीक्षा नियन्त्रक देवसिह नाथले १२÷१५ जना समाजवादीका नेता कार्यकर्ताले कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेको बताए ।
उनले कार्यकक्षमै आएर विद्यार्थीहरूको मुख्य डाटा राख्ने सर्भरसहितको कम्प्युटरमा क्षति पुगेको उनले बताए। सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंह र परीक्षा नियन्त्रक नाथको कार्यकक्षमा रहेका टेबुल, कुर्सी, दराज र कम्प्युटरमा क्षति पुगेको छ । विद्यार्थीहरूको उत्तरपुस्तिकालगायत परीक्षासम्बन्धी महत्वपूर्ण कागजातमा समेत नोक्सानी पुगेको परीक्षा नियन्त्रक नाथले बताए ।
एक महिनाअघि समाजवादी निकट विद्यार्थी संगठनले छैठौं सेमेष्टरको समाजशास्त्र विषयको प्रश्नपत्र गत वर्षकै दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै परीक्षा नियन्त्रक र सह–परीक्षा नियन्त्रकको कार्यालयमा ताला लगाएको थियो ।
गतसाता स्वतन्त्र विद्यार्थीले परीक्षा नियन्त्रकको कार्यालयमा लगाएको तालाले तोडेका थिए । विद्यार्थीले ताला तोडेपछि शुक्रबार त्यसको विरोधमा समाजवादी निकट विद्यार्थी संगठनले कार्यकक्षमा तोडफोड गरेको हो। समाजवादी निकट विद्यार्थी संगठनले विभिन्न माग राख्दै लामो समयदेखि विश्वविद्यालयमा तालाबन्दी गर्दै आएको छ ।
अनेरास्ववियू कञ्चनपुरले भने उक्त घटना सृजना हुनुमा परीक्षा नियन्त्रक नाथसहित विश्वविद्यालयका पदाधिकारी जिम्मेबार रहेको जनाएको छ । अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तले आफूहरूको संगठनले ताडफोड नगरेको दाबी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार