विप्लवले सन्देशसभामा राम्रैसित गरे प्रचण्डको बचाउ, भने- ‘प्रचण्ड हत्यारा होइनन्, परिवर्तनको नेतृत्व’
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १७:५४:४४
१५ भदौ? काठमाडौं । सरकार साझेदार तीन दलसँग मिलेर समाजवादी मोर्चा बनाएर संसदीय राजनीतिको फेरोमसँग जोडिने क्रममा देखिएका नेकपाका महासचिवले मोर्चाको सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको राम्रैसित बचाउन गरिरहेका छन् ।
मोर्चाले शुक्रबार पोखरामा आयो गण्डकी प्रदेश स्तरको सन्देशसभामा बोल्दै विप्लवले प्रधानमन्त्री रहेकै अवस्थामा पनि प्रचण्डलाई हत्यारा करार गराउने र जेल हाल्ने दाउ भइरहेको बताए । प्रचण्ड हत्यारा सावित हुनै नसक्ने भन्दै विप्लवले हत्याराको आरोप लगाउनेहरुले आफ्नो अनुहार राम्ररी हेर्न समेत चुनौति दिए ।
प्रचण्डको नेतृत्वका २०५२ फागुन १ देखि १० वर्षसम्म चलेको सशस्त्र संघर्षमा विप्लव प्रभावशाली नेता थिए । संघर्षका क्रममा माओवादी र सरकार पक्षबाट गरेर १७ हजार जनाको ज्यान गएको अनुमान गरिएको छ । सम्बोधनका क्रममा उनले अहिले माओवादी संघर्षको र्आचित्य झनझन बढदै गइरहेको र नेपालमा कम्युनिष्ट र माओवादी कहिल्यै फेल नहुने बताए ।
उनले विगतमा सामन्ती राजतन्त्र फ्याक्न प्रचण्डकै नेतृत्वमा सशस्त्र संघर्ष भएझै अब समाजवाद स्थापनाका लागि उनकै नेतृत्वमा समाजवादी आन्दोलन हुने अवस्था आउन सक्ने बताए । मोर्चाले नेपाली मौलिकताको समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्य राखेको उनको भनाइ छ ।
‘अहिले प्रचण्डले सरकारका प्रधानमन्त्रीको रुपमा देशको नेतृत्व गरिरहनुभएको छ। तर, उहाँलाई अहिले हत्याराको आरोप लगाउँदै बजार र चोक चोकमा प्रचार गरिरहेको छ’ विप्लवले भने, ‘परिवर्तनको नेतृत्व गरेको कार्यकारी प्रमुखविरुद्ध मुद्दा चलिरहेको छ। त्यो भनेको छिटोभन्दा छिटो प्रचण्डहरुलाई जेल पठाउने र माओवादीलाई जेल हालेर अपराधी करार गर्नेहरुको चालबाजी हो, त्यो पूरा हुन दिदैनौं ।’
उनले इतिहासको हेक्का राख्न भन्दै समय र आवश्यकताले कम्युनिष्टहरु एकजुट बनाउन मोर्चा बनेको बताए । विगतमा फुटेपनि आफूहरु अहिले जुट्ने क्रममा रहेको उनको भनाइ थियो । केही महिनापहिले प्रचण्डलाई सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको जिम्मा आफूले लिने भनी दिएको सार्वजनिक अभिव्यक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्दा माओवादी केन्द्रका नेताहरुले मुख नखोल्दा विल्लवले सार्वजनिक मञ्चबाटै ‘आफ्ना नेतृत्वविरुद्ध मुद्दा पर्दा समेत माकेमा नेताहरु किन बोल्दैनन् ? मरया छन् कि जिउँदा छन् ?’ भनेर अभिव्यक्ति दिएका थिए ।
यसरी २०७० यता पानी बाराबारको अवस्थामा रहेका दुई जनाबीच पछिल्लो समयमा ‘भर्सन’ मिल्दै गएको हाे । सभामा सम्बोधनका क्रममा प्रचण्डले पनि ‘विप्लव कमरेडले बडो जोशिलो र सशक्त ढंगले विषय राख्नु भएको छ, विप्लवकै सुरक्षा नेतृत्वका आफूले जनयुद्धकालमा महत्वपूर्ण बैठकहरु गरेको’ भन्दै प्रशंसा गर्ने गरेका छन् ।
प्रचण्डको बचाउ र पक्षमा बोलेको विषयलाई भने माओवादी केन्द्रका दोस्रो तहका कतिपय नेताहरुले भने नरुचाएको चर्चा छ । विप्लव एमसीसी सम्झौतको विरोधमा खुले लागिरहेका छन् । माओवादी केन्द्रहरु संसदबाट सम्झौता अनुमोदन गर्दाका बखतका १२ बुँदे व्याख्यात्मक टिप्पणीमा भर परेर बसेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार