ठूला ग्राहकसँग हाकाहाकी घुस माग्ने विद्युत प्राधिकरणका हाकिम
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १८:२७:१०
१५ भदौ, रोल्पा । नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका प्रमुख अशेश्वर साह ठूला ग्राहकहरूसँग हाकाहाकी घुस माग्ने गरेको उद्योगपति एवं व्यवसायीहरूले आरोप लगाएका छन् । नेपाल विद्युत प्राधिकरण हेटौंडा शाखामा कार्यरत रहँदा सेवाग्राहीलाई अनेक बहानामा दुख दिने, नजराना माग्ने गरेको गुनासो सेवाग्राहीले निरन्तर गरेपछि प्राधिकरण केन्द्रले रोल्पामा सरुवा गरेको थियो ।
हेटौंडामा कार्यरत रहेकै बेला उनी उद्योगीहरुसँग नजराना असुल गरि मोज मस्ती गर्न भारतको पर्यटकीय क्षेत्र गोवा गएका थिए । भ्रष्टाचार गरि अकुत सम्पत्ति आर्जन गर्न पल्किएका साह रोल्पामा सरुवा भएर आएदेखि लिवाङमा पनि स्थानीय सेवाग्राहीलाई दुख दिने गरेका छन् ।
विद्युत प्राधिकरणको नेतृत्वमा इमानदार कुलमान घिसिङ रहेपनि उनैको नाकमुनी नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका प्रमुख अशेश्वर साह भ्रष्टाचार गर्न पल्किएका छन् । जहाँ सरुवा भएर गयो त्यही आफ्नो रवाफ देखाउँदै सेवाग्राहीहरुसँग दुर्व्यवहार गर्नसम्म पछि पर्दैनन् ।
राजनीतिक पहुँच रहेकोले प्राधिकरणको कसैले केही बिगार्न नसक्ने सेवाग्राहीलाई साहले हाकाहाकी बताउने गर्छन् । बढीमा सरुवा गर्ने हो, त्यो भन्दा बढी कसैले केही गर्न नसक्ने सेवाग्राहीलाई साह बताउने गर्छन्। जनताको प्रत्यक्ष सेवा दिने कार्यालयमा रहेर कार्यालय संचालन गर्न सक्ने क्षमता साहमा नरहेको लिवाङका एक बुद्धिजीवीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार