सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान
नेपालबहस संवाददाता
भदौ १६, २०८० शनिबार ६:५७:१
१५ भदौ, काठमाडौं । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका वरिष्ठ अधिकृतहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न प्रदान प्रदान गरेका छन्।
गृह मन्त्रालयको भाद्र ११ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका १२ जना सशस्त्र प्रहरी उपरीक्षकहरू सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका थिए।
महानिरीक्षक अर्यालले व्यावसायिक जीवनमा पदोन्नति महत्त्वपूर्ण रहने उल्लेख गर्दै व्यावसायिक दक्षता र प्रदर्शन गरेको क्षमताको परिणाम स्वरूप पदोन्नति भएको बताए।
उनले कार्यक्षेत्रमा परिचालित हुँदा पूर्ण क्षमता, व्यवसायीकता, इमानदारिताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन लिँदै संगठन स्थापना पश्चात संगठनको साख वृद्धिमा टेवा पुर्याउने अग्रजहरुको सम्मान गर्दै संगठनमा फौजी परम्पराको रक्षा गर्नु सवै तहका राष्ट्रसेवकको दायित्व रहेको उल्लेख गरे।
महानिरीक्षक अर्यालले भ्रष्टाचार विरुद्धका कार्यमा शून्य सहनशीलताको नीति अवलम्बन गरी पेशाप्रति पूर्ण निष्ठावान भई थपिएको पदीय जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्न निर्देशन दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्न भारतको प्रस्ताव
मंसिर २, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
नहरमा हिउँदेबालीका लागि सिँचाइ
मंसिर ९, २०८१ आइतबार
कर्णाली करिडोर र हुम्ला करिडोर
मंसिर ९, २०८१ आइतबार
सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
मंसिर ९, २०८१ आइतबार
बाक्लो हुस्सुले ढाकेको इनरुवा
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा आधार शिविरमा झण्डा फहराउँदै वडाध्यक्ष गुरुङ
मंसिर ९, २०८१ आइतबार